Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कटप्पा’ को श्रीमती बन्दै ऐश्वर्या !

एजेन्सी, मुम्बई, 2019/04/20
 
सुपरडुपर हिट फिल्म ‘बाहुबली’ मा लिड एक्टर प्रभाषसँगै ‘कटप्पा’ को भूमिका निभाएका सत्यराजले पनि दर्शकको दिलमा आफ्नो स्थान बनाएका छन् । उनले ‘कटप्पा’ को भूमिकालाई यति न्यायपूर्वक निभाएका थिए कि, भारतमा वर्षभरी उनको नाम गुञ्जिएको थियो । अब उनले बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको अपोजिटमा काम गर्ने खबर बाहिरिएको छ । 
 
ऐश्वर्याले आफ्नो नयाँ फिल्ममा ‘कटप्पा’ उर्फ सत्यराजसँग रोमान्स गर्ने लगभग तय भएको बताइएको छ । फिल्म निर्देशक मणिरत्नमको आगामी बिग बजेटको फिल्म ‘पोन्निनी सेल्वम’ मा सत्यराजको इन्ट्री भइसकेको छ । यो फिल्ममा उनले ऐश्वर्याको पतिको भूमिका निभाउने भारतीय मिडियाले बताएका छन् । तर, अहिलेसम्म मणिरत्नमले भने यसबारे बोलेका छैनन् । 
 
उक्त फिल्ममा ऐश्वर्यासँगै उनका ससुरा अमिताभ बच्चन पनि देखिने सक्ने प्रवल सम्भावना छ । निर्देशक मणिरत्नमले ऐश्वर्या र अमिताभलाई एकसाथ फिल्म अप्रोच गरेका थिए । यद्यपि, बिग बीले अहिलेसम्म यो फिल्म गर्ने वा नगर्ने कुनै निर्णय लिइसकेका छैनन् । तर, साउथ इन्डस्ट्रीमा डेब्यूपछि उनले यो फिल्म पनि गर्ने सम्भावना रहेको बताइएको छ । 
 
मणिरत्नमको यस बिग बजेट मल्टीस्टारर फिल्म एक तमिल उपन्यासमा आधारित कहानी हो, जसमा ऐश्वर्या एक राजकुमारीको भूमिकामा देखिनेछिन् । जो एक राजासँग विवाह गर्छिन् तर उनले आफू रानी हुनुको गलत फाइदा उठाउँछिन् । राजाको भूमिका सत्यराजले निभाउनेछन् । पर्दामा ऐश्वर्या र सत्यराजको जोडी हेर्न भने दर्शकलाई निकै रोचक हुने देखिन्छ । 
Most Visited News (monthly)