Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्राविधिकका लागि सिफ्ट सिस्टम लागू

फिल्मीखबर, काठमाडौं, 2019/04/19
 
फिल्म निर्माणको नेपथ्यमा रहेर काम गर्ने प्राविधिकहरुको छाता संगठन चलचित्र प्राविधिक संघले २०७६ साल वैशाख १ गतेदेखि सम्पूर्ण प्राविधिकहरुको हकहितका लागि सिफ्ट सिस्टम लागू गरेको छ । अबदेखि फिल्म निर्माता तथा निर्देशकले सुटिङको क्रममा प्राविधिकहरुलाई प्रतिदिन तोकिएको पारिश्रमिकभन्दा बढी समयसम्म काम लगाउन पाउने छैनन् । 
 
सिफ्टभन्दा बढी काम लगाएमा थप पारिश्रमिक दिनुपर्नेछ संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् । उनका अनुसार, प्रतिदिन र प्रति प्याकेज दुबै कामका प्रकृतिमा यो प्रणाली लागू हुनेछ । यद्यपि, नेपालको श्रम ऐनमा भने छोटो समयावधिलाई एक सिफ्ट भनेर छुट्याएको छ । फिल्म क्षेत्रमा भने सिफ्ट सिस्टम अन्तर्गत १२ घन्टालाई एक सिफ्ट मानिन्छ  । 
 
सिफ्ट सिस्टम लागू नहुँदा नेपालका फिल्म निर्माता तथा निर्देशकहरुले प्राविधिकहरुलाई तोकिएको समयावधिभन्दा धेरै काम गराउने गरेका थिए । एक दिनको पारिश्रमिकमा डेढ वा दुई दिनसम्म काम गर्नुपर्ने बाध्यता प्राविधिकहरुको थियो । संघको यस 'बोल्ड' निर्णयले प्राविधिकहरुलाई अब धेरै राहत मिल्ने देखिन्छ । प्राविधिकमा संघको निर्णयले खुसीयाली छाएको छ । 
Most Visited News (monthly)