Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘सेतो सूर्य’ निर्देशकको ‘राजा’ मा दयाहाङ

फिल्मीखबर, काठमाण्डौ, 2019/04/21
अभिनेता दयाहाङ राईका लागि गत वर्ष खासै उपलब्धिमुलक रहेन । गएको वर्ष उनी अभिनीत फिल्म 'भैरे' र 'साइँली' प्रदर्शनमा आएका थिए । तर, दुबैले बक्सअफिसमा सुनाउनलायक अंक जोड्न सकेनन् । 'भैरे' को तुलानामा 'साइँली' ले केही राम्रो व्यापार भने गरेको थियो । उनको अभिनयलाई पनि दर्शक र समीक्षकले निकै प्रशंसा गरेका थिए । 
 
यस वर्ष भने उनका 'ब्याक टु ब्याक' फिल्म रिलिज हुँदैछन् । उनको आउँदो जेठमा मात्र तीन फिल्म प्रदर्शनमा आउँदैछन् । जेठ ३ मा 'जात्रै जात्रा', जेठ १० मा 'दयारानी' र जेठ २४ मा 'आप्पा' रिलिजका लागि तयार छन् । यस वर्षका लागि उनको चौथो फिल्मको रुपमा 'निरफूल' भदौ २७ मा रिलिज हुँदैछ । 
 
 
यस वर्ष उनलाई फिल्ममा अभिनय गर्न पनि भ्याइनभ्याइ हुने देखिएको छ । केही हप्ता अगाडि मात्र उनले 'लप्पन छप्पन २' साइन गरेका थिए । बैशाख अन्तिमबाट 'कबड्डी ३' सुरु गर्दैछन् । सम्भवतः उनले यसै वर्ष ‘सेतो सूर्य’ निर्देशक दीपक रौनियारले निर्देशन गर्ने नयाँ फिल्म ‘राजा’ पनि गर्नेछन् । यसमा उनी अनुबन्ध भइसकेका छन् । 
 
दीपक र दयाबीच यसअघि ‘सेतो सूर्य’ र ‘हाइवे’ मा टिमअप भएको थियो । अहिले फिल्म ‘राजा’ को स्क्रिप्ट निर्देशक दीपकले लेखिरहेका छन् । फिल्मलाई निर्देशक तथा निर्माता रामबाबु गुरुङले निर्माण गर्नेछन् । फिल्ममा दयाबाहेक अरु कलाकार फाइनल भएका छैनन् । फिल्म पल्टिकल ड्रामामा निर्माण हुने बताइएको छ । 
 
बक्सअफिसमा उम्दा व्यापार नगरे पनि समीक्षकले ‘सेतो सूर्य’ दयाहाङको करिअरको उत्कृष्ट फिल्म भनेका थिए । यो फिल्ममा उनको अभिनय तारिफयोग्य थियो । उनी स्वयं पनि यो फिल्मलाई आफ्नो करिअरको उत्कृष्ट फिल्मको रुपमा लिन्छन् । यस फिल्मले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो । अझै पनि विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा फिल्म प्रदर्शन भइरहेको छ । 
Most Visited News (monthly)