Most Recent News Headlines
Results : 10051 - 10056 of 24024


फिल्मीखबर, काठमाण्डौ, 2019-04-13, शनिवार
यसपालीको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ पछि हलमा दर्शकको खासै उत्साहजनक उपस्थिति देखिएको थिएन । हरेक हप्ता हलमा हेरिने फिल्मलाई दर्शकको खडेरी लागिरहेको अवस्थामा शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले भने बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । यो फिल्मले शुक्रबार बम्पर ओपनिङ गरेको थियो । शनिबार पनि यसले निरन्तरता पाएको छ ।



फिल्मीखबर, काठमाण्डौ, 2019-04-13, शनिवार
शुक्रवारदेखी प्रदर्शनमा उत्रिएको चकलेटी ब्वाई सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा’ ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । एकसाथ प्रदर्शनमा आएको अर्को फिल्म ‘ए मेरो हजुर ३’ का कारण सुरुवाती विजनेशमा ठूलो असर पुगेको भएता पनि शुक्रवार राम्रो व्यापार गरेको वितरक तथा निर्माता शुशील पोखरेलले बताएका छन् । उनले शुक्रवार फिल्मले देशभर ६० प्रतिशत ओपनिङ अकुपेन्सी कायम गरेको बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-12, शुक्रवार
यस वर्ष नेपाली फिल्मका लागि खासै सुखद रहन सकेन । तीन फिल्म सुपरहिट हुन सफल हुँदा आधा दर्जन फिल्मले जेनतेन लगानी उठाए । बाँकी ८५ बढी फिल्मले लगानी त टाढाको कुरा पोस्टरको पैसा समेत उठाउन सकेनन् । फिल्मकर्मीबीच नेपाली फिल्मको व्यापार ओरालो लाग्न थालेको र दर्शक हराएको चर्चा भइरहँदा शुक्रवार प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले भने केही आशा देखिएको छ । पहिलो दिन बक्सअफिसमा फिल्मले आक्रामक सुरुवात गरेको छ ।
Most Visited News (monthly)

