Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

७ वर्षपछि फेरि ‘राउडी राठोर’ बन्दै अक्षय

फिल्मीखबर, काठमाण्डौ, 2019/06/08
 
बलिउडमा केही वर्षयता सुपरहिट फिल्मको सिक्वेलको लहड चलेको छ । एकाधबाहेक भारतीय दर्शकले पनि ब्लकबस्टर फिल्मको सिक्वेल रुचाएका छन् । मेकर्स पनि नयाँ नाममा फिल्म बनाउनुभन्दा सुपरहिट फिल्मको सिक्वेल बनाउन कम जोखिमपूर्ण मान्दछन् । सिक्वेलको यस समयमा अभिनेता अक्षय कुमारको अर्को एक सुपरहिट फिल्मको पनि सिक्वेल बन्ने भएको छ । 
 
अक्षय कुमार र सोनाक्षी सिन्हाको जबरदस्त एक्सन-कमेडी-रोमान्टिक जनराको फिल्म ‘राउडी राठोर’ को दोस्रो पार्ट निर्माण गर्ने तयारीमा निर्माता जुटेका छन् । यस फिल्मको सिक्वेललाई लिएर अक्षयले पटक-पटक इच्छा व्यक्त गरेका थिए । प्रदर्शनमा आएको ७ वर्षपछि निर्माण हुन लागेको यस फिल्मको सिक्वेलका लागि केही समयदेखि निर्माण टिम स्क्रिप्टमा वर्कआउट गरिरहेको भारतीय मिडियाले बताएका छन् । 
 
प्रभुदेवाले यो फिल्मको निर्देशन गरेका थिए । सिक्वेल पनि उनले नै निर्देशन गर्नसक्ने प्रवल सम्भावना छ । यद्यपि, यस विषयमा निर्माण टिमले कुनै औपचारिक जानकारी दिएको छैन । फिल्ममा अक्षय कुमार नै लिड रोलमा हुनेछन् । सोनाक्षीको ठाउँ भने अरुले लिनसक्ने भारतीय मिडियाको अनुमान छ । अर्को वर्षबाट फिल्मको छायांकन सुरु गर्ने तयारी भइरहेको छ । 
 
‘राउडी राठोर’ मा अक्षयको दोहोरो भूमिका थियो । जसमा एक भूमिका पुलिस अफिसर र अर्को ठगको थियो । सिक्वेलमा पनि उनले दोहोरो भूमिका निभाउन सक्ने सम्भावना छ । अहिले उनी बलिउडका सफल निर्देशक रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ को छायांकनमा व्यस्त छन् । यसमा उनले एक पुलिस अफिसरको भूमिका निभाएका छन् । फिल्म २०२० को इदमा रिलिज हुँदैछ ।
Most Visited News (monthly)