Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

आँचल फेरि हिस्सै!

फिल्मीखबर, काठमाण्डौ, 2019/06/08
नेपाली फिल्ममा केही अभिनेत्रीको निकै राम्रो डिमान्ड छ । साम्राज्ञी आरएल शाह, जसिता गुरुङ, पूजा शर्मापछि डिमान्डेड अभिनेत्रीको लिस्टमा आउने नाम हो- आँचल शर्मा । 'नाईं नभन्नू ल ४' बाट सुखद डेब्यू गरेकी उनले 'जोनी जेन्टलम्यान', 'शत्रु गते', 'ब्ल्याक' र हालसालै प्रदर्शनमा आएको फिल्म 'दाल भात तरकारी' गरि पाँच फिल्ममा अभिनय गरिसकेकी छन् । तर, दुर्भाग्य ! उनको अभिनयको प्रशंसा कुनै फिल्मबाट भएन । फिल्म सफल हुँदा पनि श्रेय पाउनबाट उनी बञ्चित भइन् । 
 
उनले पाँच फिल्ममध्ये तीन अभिनेता पल शाहसँग गरेकी छन्, जसमा दुई फिल्म हिट भए-'शत्रु गते' र 'नाईं नभन्नू ल ४' । 'जोनी जेन्टलम्यान' भने बक्सअफिसमा टाँट पल्टियो । यस्तै, 'ब्ल्याक' मा उनले अभिनेता आकाश श्रेष्ठ र 'दाल भात तरकारी' मा पुष्प खड्कासँग रोमान्स गरेकी थिइन् । 'ब्ल्याक' ले हलमा पानी भन्न पाएन । 'दाल भात तरकारी' ले घरेलु बजारबाट मुश्किलले लगानी उठायो, तर तारिफ बटुलेन । अहिले फिल्मवृतमा आँचललाई पलसँगको सहकार्य नै फापेको चर्चा हुन थालेको छ ।
 
 
अभिनयको दमले दर्शक रिझाउन नसकेकी उनी प्रायः चर्चामा भने आइरहेकी हुन्छिन् । कहिले कसैलाई घोच पर्ने गरि अभिव्यक्ति दिएर त कहिले अभिनेता पलसँग नाम जोडिएर, बजारमा उनको चर्चाको कमी हुँदैन । विभिन्न कारणले दर्शकको ध्यान आफूतिर तानिरहेकी हुन्छिन्, उनी । प्रायः दैनिक युट्युबमा रिलिज हुने भिडियोले पनि उनलाई राम्रै चर्चा दिलाउने गरेका छन् । तर, एक कलाकारको अभिनयको चर्चा हुनुपर्छ भनिन्छ । आँचलको हकमा भने यो हुन सकेको छैन । 
 
'शत्रु गते' मा काम गरेर पछुताएको अभिव्यक्ति दिएकी उनलाई मल्टीस्टारर फिल्म 'दाल भात तरकारी' मा काम गरेर पनि कुनै फाइदा भएन । किनकि, उनको अभिनय नै रुचाइएन । फेरि एकपटक आँचल हिस्सै हुनुपर्‍यो । यो फिल्म समीक्षकलाई मात्र नभइ दर्शकलाई पनि बेस्वादको लागेको थियो । धन्न फिल्मले लगानी भने उठायो । नभए, आँचलको खातामा अर्को फ्लप फिल्मको नाम जोडिन्थ्यो । उनले, अब अभिनय सुधार्न आवश्यक रहेको कतिपयको टिप्पणी छ । 
 
'दाल भात तरकारी' रिलिज अगावै उनले 'दुई रुपैयाँ' टिमको नयाँ फिल्म 'डामाडोल' साइन गरिसकेकी छन् । यसमा उनले अभिनेता असिफ शाह र निश्चल बस्नेतसँग रोमान्स गर्दैछिन् । तर, यो फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ अत्तोपत्तो छैन । यसमा उनी सोलो हिरोइनको रुपमा छिन् । कामना गरौं, यो फिल्मबाट उनी ‘हिस्स बुढी खिस्स दाँत’ हुनुपर्ने छैन । यसका लागि उनले अभिनयमा निखारता ल्याउन पनि जरुरी छ । आत्मरतीमा रमाउने हो भने त बेग्लै कुरा । 
Most Visited News (monthly)