Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10039 - 10044 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-04-16, मंगलवार

दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ मा प्रमुख भूमिकामा अभिनय गरेका अभिनेता स्वरुपपुरुष ढकालले टिकाटालो गरेका छन् । सोमवार उनले मुस्कान सुवेदीसँग औंठी साटेका हुन् । इन्गेजमेन्ट समारोहमा दुबै पक्षका परिवारको उपस्थिति थियो । विवाहको मिति बैशाख २९ गतेलाई तोकिएको छ । दुईबीच मागी विवाह हुन लागेको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-04-15, सोमवार
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले आफ्नो कार्यकालमा बक्सअफिस लागू गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । चलचित्र पत्रकार संघ, नेपालले सोमवार राजधानीमा आयोजना गरेको ‘चियापान तथा चलचित्र क्षेत्रको बेथिति’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आउँदो साउन महिनाभित्र देशभरका हलमा बक्सअफिस परिक्षण गर्ने बताए । चलचित्र क्षेत्रमा इमान्दारिताको खडेरी देखिएको पनि उनको भनाई छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-04-15, सोमवार

शुक्रवारबाट देशभर प्रदर्शनमा आएको युवा स्टार सलिनमान बनिया अभिनीत फिल्म ‘यात्रा’ ले प्रदर्शनको तीन दिनमा घरेलु बक्सअफिसमा राम्रो पैसा छाप्न सफल भएको छ । एकसाथ प्रदर्शनमा आएको अभिनेता अनमोल केसी अभिनीत फिल्म 'ए मेरो हजुर ३' ले व्यापारमा ठूलो असर गरेता पनि फिल्मले तीन दिनमा डेढ करोडमाथि व्यापार गरेको निर्माता तथा वितरक शुशील पोखरेलले जानकारी दिएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-04-15, सोमवार
एक समय नेपाली फिल्ममा आफ्नो बोलबाल रहँदा अभिनेता रमित ढुंगानासँग काम गर्न अभिनेत्रीहरु मरिहत्ते गर्थे । तर, गएको केही वर्षमा समयले कोल्टे फेरिसकेको छ । अहिलेका अभिनेत्रीहरु उनीसँग होइन चकलेटी ब्वाई अनमोल केसी वा प्रदीप खड्कासँग स्क्रिन साझेदार गर्न लालयित हुने गर्दछन् । हालै ‘रणवीर’ फेम्ड अभिनेत्री सुपुष्पा भट्टले रमितसँग रोमान्स गर्न अस्वीकार गर्नुले पनि यो कुरालाई थप छर्लङ्ग पार्छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-04-15, सोमवार
दीपक-दीपाको टिमले अर्को बाहिरी ब्यानरसँग गर्न लागेको दोस्रो फिल्मको पनि टुंगो लागेको छ । उनीहरुको ‘झ्यानाकुटी’ निर्देशक सिमोस सुनवारसँग टिमअप भएको छ । फिल्मलाई निर्देशक सिमोस स्वयंले निर्देशन गर्नेछन् भने लगानी पनि उनको एकल रहनेछ । तर, फिल्मको मुनाफाको ६० प्रतिशत दीपक-दीपाको टिमले लैजाने सहमती भएको जानकारी प्राप्त छ ।
फिल्मीखबर, काठमाण्डौ, 2019-04-15, सोमवार

यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘भारत’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता सलमान खान फिचर्ड छन् । उनलाई बिल्कुलै नयाँ लुक्समा देख्न सकिन्छ । उनी एक वृद्ध पुरुषको गेटअपमा प्रस्तुत छन् । पोस्टरबाट अनुमान लगाउन सकिन्न कि, यो मेकअपको कमाल हो । किनकि, उनको लुक्स र मेकअप निकै रियल देखिएको छ । 

Results : 10039 - 10044 of 24024
Most Visited News (monthly)