Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भूल भुलैया २’ मा अक्षय र कार्तिक आर्यन!

फिल्मीखबर, काठमाण्डौ, 2019/06/10
 
बलिउडका ह्यान्डसम अभिनेता कार्तिक आर्यनले लगातार हिट फिल्मबाट इन्डस्ट्रीमा आफ्नो लागि खास स्थान बनाइसकेका छन् । उनी अहिले बलिउड अभिनेता सैफ अली खानको हिट फिल्म ‘लभ आज कल’ को दोस्रो पार्ट ‘लभ आज कल २’ मा व्यस्त छन् । यसमा उनको अपोजिटमा अभिनेत्री सारा अली खान देखिँदैछिन् । 
 
योसँगै कार्तिक फिल्म ‘भूल भुलैया’ को सिक्वेलमा पनि देखिने सम्भावना प्रवल छ । ‘भूल भुलैया २’ का मेकर्सले यो फिल्मका लागि उनको नाम फाइनल गरेका छन् । यसमा उनीसँगै अभिनेता अक्षय कुमार पनि देखिन सक्नेछन् । ‘लभ आज कल २’ लगत्तै कार्तिकले भूमि पेडनेकर र अनन्या पान्डेसँग फिल्म ‘पति पत्नी और वो’ को छायांकन सुरु गर्दैछन् । 
 
कार्तिकले हालै ‘भूल भुलैया २’ का निर्मातासँग भेट गरेका छन् र उनलाई फिल्मको आइडिया मन परेको छ । सबै कुरा सन्तुलन रहेको खण्डमा कार्तिकले ‘भूल भुलैया’ फ्रेन्चाइजलाई अगाडि लैजानेछन् । ‘भूल भुलैया’ एक हरर कमेडी फिल्म थियो, जसमा विद्या बालनको भूमिका निकै रहस्यमयी देखाइएको थियो । अभिनेता अक्षय कुमार पनि लिड रोलमा थिए । 
 
कार्तिकको कुरा गर्ने हो भने उनी पछिल्लो पटक अभिनेत्री कृति सेननसँग फिल्म ‘लुका छुपी’ मा देखिएका थिए । फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो । दर्शकले पनि फिल्म रुचाएका थिए । कार्तिक केही समययता अभिनेत्री सारा अली खानसँग निकै नजिक छन् । दुई प्रेममा रहेको चर्चा छ । तर, दुबैले यस बारेमा कुनै जानकारी दिएका छैनन् । 
Most Visited News (monthly)