
आलिया भट्ट, वरुण धवन, सोनाक्षी सिन्हा, माधुरी दीक्षित, सञ्जय दत्त र आदित्य रोय कपूरजस्ता सुपरस्टार कास्टबाट सजिएको फिल्म ‘कलंक’ ले ओपनिङ डेमा बक्सअफिसमा धूम मच्चाएको छ । यो फिल्मले रिलिजको पहिलो दिन नै बक्सअफिसमा बाँकी फिल्मको रेकर्ड ब्रेक गरेको छ । बुधवार रिलिज भएको यो फिल्म वर्ष २०१९ को सबैभन्दा ठूलो ओपनर बनेको छ ।


यही बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको मजदुरहरुको कथाव्यथामा निर्मित फिल्म ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा मजदुरहरुले भोग्नु परेको समस्यालाई देखाउन खोजिरहेको छ । आर.बि. खत्री ‘शरद’ ले फिल्म निर्देशन गरेका हुन् ।

बलिउडका नामी निर्देशक तथा निर्माता करण जोहरले निर्माण गरेको फिल्म ‘कलंक’ बुधबारबाट संसारभर एकसाथ प्रदर्शनमा आएको छ । नेपालबाहेक । नेपालमा शुक्रवारबाहेक अरु दिनमा विदेशी फिल्म प्रदर्शनमा चलचित्र विकास बोर्डले अंकुश लगाएपछि ‘कलंक’ बुधबार नेपाल रिलिज नभएको हो । शुक्रवार प्रदर्शनमा आउने सम्भावना छ । तर, फिल्मलाई प्राप्त रिभ्यूले भने नेपालका वितरकलाई नराम्रोसँग तर्साएको छ ।


नेपाली अभिनेता आर्यन अधिकारी र अभिनेत्री नीता ढुंगानाको लिड रोल रहेको बलिउड फिल्म 'कडके कमाल के' को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । भारतको प्रतिष्ठित म्यूजिक कम्पनी जि म्यूजिक कम्पनीको युट्युब च्यानलबाट सार्वजनिक भएको ट्रेलर कमेडीले भरिएको छ । फिल्ममा भारतीय र नेपाली कलाकारहरुको अभिनय छ ।

