Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

करिश्मासँग ‘ह्याङ आउट’ गर्न रुचाउने नम्रता

फिल्मीखबर, काठमाडौं, 2019/06/10
आफ्नो समयका सफल अभिनेत्री द्वय करिश्मा मानन्धर र नम्रता श्रेष्ठको मित्रता निकै लोभलाग्दो छ । लामो समयदेखि दुईको मित्रतामा कुनै दरार आएको छैन । उमेर अन्तर धेरै भए पनि दुबै एकअर्कासँग बेला-बेलामा समय विताइरहेका हुन्छन् । करिश्माको घरमा विशेष कार्यक्रम आयोजना भयो भने नम्रता छुट्दिनन् । नम्रता पनि आफ्नो खुसीमा करिश्माको साथ खोज्छिन् । 
 
दुई सुन्दरी अभिनेत्री शनिवार राजधानीमा भएको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा सहभागी हुन पुगेका थिए । करिश्माले अध्यक्ष पदमा उम्मेदवारी दिएकी सरिता लामिछाने (५७ मतअन्तरले रवीन्द्र खड्कासँग पराजीत) लाई समर्थन गरेकी थिइन् । करिश्माको आग्रहमा नम्रताले पनि सरिताकै नाममा मतदान गरेको अनुमान लगाउन गाह्रो पर्दैन । तर, उनले यो कुरा गोप्य राखिन् । 
 
कलाकार संघको निर्वाचनमा दुबैले मिडियाका लागि तश्बिर खिचाउँदै एकअर्काको तारिफ गर्न पनि भ्याए । नम्रताले आफू प्रायः करिश्मासँँग ‘ह्याङ आउट’ गरिरहने बताइन् । उनी भन्छिन्, 'करिश्मा दिदीहरु नहुनु भएको भए हाम्रो अर्थै छैन । उहाँहरुले बनाउनुभएको बाटोमा हामी छौं । करिश्मा दिदीसँग मेरो निकै पुरानो सम्बन्ध हो ।' उनी करिश्माबाट आफूले धेरै सिक्न पाएको बताउँछिन् । 
 
उनी अगाडि भन्छिन्, 'मलाई सधैं करिश्मा दिदीसँँग ‘ह्याङ आउट’ गर्न मन लाग्छ । उहाँसँग ‘ह्याङ आउट’ गर्दा मलाई निकै रमाइलो लाग्छ । कुरा पनि रमाइलो-रमाइलो हुन्छ ।' करिश्मा पनि नम्रताको तारिफ गरेर थाक्दिनन् । उनी नम्रतालाई 'व्यूटी विथ ब्रेन' भन्न रुचाउँछिन् । उनले एक वाक्यमा भनिन्, 'रियल लाइफकी उनी फाइटर हुन् ।' नम्रता र आफ्नो धेरै कुराहरु मिल्ने पनि उनको भनाई छ । 
 
 
करिश्मा र नम्रता अभिनेत्री मात्र नभएर निर्माता समेत हुन् । दुबैले फिल्म निर्माणमा हात हालिसकेका छन् । नम्रता निर्मित नयाँ फिल्म 'जाइरा' अगस्ट २३ मा रिलिज हुँदैछ । भने, करिश्माले पछिल्लो पटक फिल्म 'फागु' बनाएकी थिइन् । यो फिल्म असफल भएपछि उनले पुनः फिल्म निर्माण गर्ने आँट जुटाउन सकेकी छैनन् । बरु, उनी आफ्नी छोरी कवितालाई आफूले हिँडेको बाटोमा ल्याउँदैछिन् । 
Most Visited News (monthly)