Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10009 - 10014 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-04-21, आईतवार
निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराले लामो प्रेम सम्बन्धलाई यही बैशाख २४ गते दाम्पत्यमा रुपान्तरण गर्दैछन् । दशकअघि फिल्म 'मेरो एउटा साथी छ' को सेटबाट उनीहरु एकअर्काको प्रेममा रमाउन थालेका थिए । लगनगाँठो कस्नुभन्दा अगाडि दुईले आइतबार भव्य समारोहका बीच औँठी साटेका छन् । 
 
एजेन्सी, मुम्बई, 2019-04-21, आईतवार
आलिया भट्ट, सोनाक्षी सिन्हा, वरूण धवन, आदित्य रोय कपूर, सञ्जय दत्त, कुनाल खेमू र माधुरी दीक्षितलगायतका कलाकारहरुको अभिनय रहेको करण जोहर निर्मित बिग बजेटको फिल्म ‘कलंक’ ले प्रदर्शनको ४ दिनमा भारतीय बक्सअफिसमा ५४ करोड ४० लाख कमाएको छ । दर्शकबाट राम्रो रिभ्यू नमिलेका कारण फिल्मको बक्सअफिस तगडा छैन । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-04-21, आईतवार
गएको ६ महिनादेखि कुनै फिल्म नचलेर नेपाली फिल्म क्षेत्र धरासायी हुने अवस्थामा पुगेको थियो । गएको वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म 'छक्का पञ्जा ३' पछि कुनै फिल्मले दर्शकको ठूलो भीड हलसम्म ल्याउन सकेका थिएनन् । बजारमा स्टार कहलिएका अभिनेता प्रदीप खड्का (रोज र लभ स्टेशन) र अनमोल केसी (क्याप्टेन) का फिल्मले समेत हलमा दर्शकलाई आकर्षित गर्न चुकेका थिए । आश गरिएका फिल्म नै नचल्दा फिल्मकर्मीमा गहिरो निराशा छाएको थियो । 
 
फिल्मीखबर, काठमाडौं, 2019-04-21, आईतवार
गएको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ पछि लामो समय कुनै फिल्म साइन नगरेर प्रेमिका सृष्टि श्रेष्ठसँग ‘क्वालिटी टाइम स्पेन्ड’ गरिरहेका अभिनेता सौगात मल्ल अब भने धमाधम फिल्म गर्ने मुडमा देखिएका छन् । गत वर्षको चैतमा ‘लप्पन छप्पन २’ पछि गएको बिहीवार उनी फिल्म ‘पोई पर्‍यो काले’ मा अनुबन्ध भए । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-04-21, आईतवार
अभिनेता दयाहाङ राईका लागि गत वर्ष खासै उपलब्धिमुलक रहेन । गएको वर्ष उनी अभिनीत फिल्म 'भैरे' र 'साइँली' प्रदर्शनमा आएका थिए । तर, दुबैले बक्सअफिसमा सुनाउनलायक अंक जोड्न सकेनन् । 'भैरे' को तुलानामा 'साइँली' ले केही राम्रो व्यापार भने गरेको थियो । उनको अभिनयलाई पनि दर्शक र समीक्षकले निकै प्रशंसा गरेका थिए । 
 
एजेन्सी, मुम्बई, 2019-04-20, शनिवार
सुपरडुपर हिट फिल्म ‘बाहुबली’ मा लिड एक्टर प्रभाषसँगै ‘कटप्पा’ को भूमिका निभाएका सत्यराजले पनि दर्शकको दिलमा आफ्नो स्थान बनाएका छन् । उनले ‘कटप्पा’ को भूमिकालाई यति न्यायपूर्वक निभाएका थिए कि, भारतमा वर्षभरी उनको नाम गुञ्जिएको थियो । अब उनले बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको अपोजिटमा काम गर्ने खबर बाहिरिएको छ । 
 
Results : 10009 - 10014 of 24024
Most Visited News (monthly)