Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10003 - 10008 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-04-23, मंगलवार
जेठ ३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको मिलन चाम्स निर्देशित फिल्म ‘बीर विक्रम २’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ बोलको गीतले राम्रो हाइप निर्माण गरिरहेको अवस्थामा निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा फिल्मका चार लिड कलाकार फिचर्ड छन् । 
 
एजेन्सी, मुम्बई, 2019-04-22, सोमवार

सलमान खानको बहुप्रतिक्षीत फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा कटरीना कैफ, दिशा पाटनी, तब्बू, ज्याकी श्राफ, सुनील ग्रोवर लिड रोलमा छन् । फिल्म जून ५ मा रिलिज हुँदैछ । अली अब्बास जफरको निर्देशनमा बनेको यो फिल्म कोरियन फिल्म 'ओड टू माई फादर' को हिन्दी रिमेक हो । फिल्मको टिजर र लुक पोस्टर्स पहिलादेखि नै चर्चामा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-22, सोमवार

हरेक वर्ष ‘नाइँ नभन्नू ल’ को सिरिज निर्माण गर्दै आइरहेका भेट्रान निर्देशक विकासराज आचार्यले यस वर्ष नयाँ नाममा फिल्म बनाएका छन् । ‘नाइँ नभन्नू ल ६’ अर्को वर्ष ल्याउने वाचासहित उनले निर्देशन गरेको नयाँ फिल्म ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘एमजी रोडैमा’ बोलको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ । 

एजेन्सी, मुम्बई, 2019-04-22, सोमवार
श्रीराम राघवनको निर्देशनमा बनेको फिल्म ‘अन्धाधुन’ चीनको बक्सअफिसमा सबैभन्दा बढी कमाई गर्ने तेस्रो हिन्दी फिल्म बनेको छ । आयुष्मान खुराना, तब्बू र राध‍िका आप्टे स्टारर यो फिल्मले अहिलेसम्मकै सबै रेकर्ड ध्वस्त पार्दै तीन सय करोडको आँकडा छोएको छ । सबैभन्दा बढी कमाईको मामलामा अब यो फिल्मभन्दा अगाडि मात्र दुईवटा फिल्म छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-04-22, सोमवार
एक समय अभिनेताद्वय राजेश हमाल र भुवन केसीबीच नेपाली फिल्मको 'नम्बर वान नायक' बन्ने अघोषित प्रतिस्पर्धा चलेको थियो । यसपछि यो प्रतिस्पर्धा निखिल उप्रेती र विराज भट्टमा देखियो । उनीहरुको स्टारडम बिस्तारै शिथिल हुन थालेपछि आर्यन सिग्देल र जीवन लुइँटेलको नेपाली फिल्ममा उदय भयो । उनीहरुमा पनि 'नम्बर वान' बन्ने अघोषित प्रतिस्पर्धा देखिएको थियो । आजभोली अनमोल केसी र प्रदीप खड्कामा यो प्रतिस्पर्धा देख्न थालिएको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-04-22, सोमवार
म्यूजिक भिडियो हुँदै नेपाली फिल्ममा आफ्नो बलियो उपस्थिति जनाइसकेका अभिनेता पल शाह प्रायः दैनिक रुपमा टिभी वा युट्युबमा नयाँ-नयाँ गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा वा नयाँ मोडलसँग रोमान्स गर्दै देखिरहेका हुन्छन् । तर, उनी सिल्भर स्क्रिनमा नदेखिएको भने करीब एक वर्षभन्दा बढी भइसकेको छ । उनी अभिनीत फिल्म 'शत्रु गते' एक वर्ष अगाडि हलमा लागेको थियो । 
 
Results : 10003 - 10008 of 24024
Most Visited News (monthly)