Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कीर्तिपुर’ मा ९० प्रतिशत भिएफएक्स

फिल्मीखबर, काठमाण्डौ, 2019/06/17
निर्माणको ५ वर्षपछि प्रदर्शनका लागि तयार भएको छ- फिल्म ‘कीर्तिपुर : द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ । यो फिल्म लामो समय सेन्सरमा अड्किएको थियो । सेन्सर बोर्डले प्रदर्शनका लागि बाटो खोलिदिएसँगै यही असार १३ गतेबाट फिल्म देशैभर लाग्दैछ । तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा फिल्म आधारित छ । 
 
फिल्मको ट्रेलरले युट्युबमा सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले सोमवार राजधानीका एक कार्यक्रमका बीच नयाँ गीत सार्वजनिक गरेको छ । गीतमा कीर्तिपुर आक्रमणका दृश्यहरु समावेश गरिएको छ । निर्देशक प्रदीप खड्गीले फिल्ममा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको बताए । भिएफएक्सका कारण पनि फिल्म प्रदर्शनमा आउन ढिलाइ भएको उनको भनाई छ । उनी फिल्म उत्कृष्ट बनेको दावी गर्छन् । 
 
 
साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण भएको ‘कीर्तिपुर’ मा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । फिल्मका निर्माता अनन्तकुमार श्रेष्ठ हुन् । यसमा यशराजले पृथ्वीनारायण शाह र कीर्तिलक्ष्मीको भूमिका हिसिलाले निभाएका छन् । 
 
गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता यशराजले ऐतिहासिक विषयमा बनेको फिल्मको हिस्सा हुन पाउँदा गौरवान्वित महशुस भएको बताए । पुथ्वीनारायण शाहको भूमिका निर्वाहा गर्न निकै कठिन भएको उनको अनुभव छ । उनी भन्छन्, 'एक वीर योद्धाको भूमिका निर्वाहा गर्नु मेरो लागि कम चुनौतीपूर्ण थिएन । यद्यपि, मैले आफ्नो तर्फबाट राम्रो गर्ने कोशिश भने जरुर गरेको छु ।' उनी फिल्मलाई लिएर निकै उत्साहित देखिए । 
 
फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको फिल्मको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा भएको हो । नयाँ पुस्तालाई इतिहास जान्न र बुझ्न भए पनि एकपटक ‘कीर्तिपुर’ हेर्नुपर्ने निर्देशक खड्गीको भनाई छ । अनन्तलाई फिल्म निर्माणमा वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले सघाएका छन् । शंकर महर्जन र नविन जोशीले फिल्म खिचेका हुन् । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडि कम्पनीले वितरण गर्दैछ ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)