Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

‘डाइहार्ट फ्यान’ भेट्दा दंग सलिनमान

फिल्मीखबर, काठमाण्डौ, 2019/06/16
एउटा कलाकारका लागि सबैभन्दा ठूलो सम्पत्ति भनेको दर्शक हुन् । कलाकारका लागि दर्शक भगवान् बराबर हुन्छन् भन्ने गरिन्छ । किनकि, दर्शकको साथ र माया भएन भने कुनै पनि कलाकार पूर्ण कलाकार हुन सक्दैन । कलाकारको भाग्य निर्धारण गर्ने जिम्मा दर्शकको हातमा हुन्छ । यसैले त कलाकारहरु पनि दर्शक रिझाउन हर सम्भव प्रयास गर्ने गर्दछन् । तर, जो कोही दर्शकको मनमा बस्न सक्दैनन् । दर्शकको प्रिय हुन सक्दैनन् । 
 
 
 
झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर २' बाट सानदार डेब्यू गरेका सलिनमान बनियाँ दर्शकको मनमा बस्न सफल अभिनेतामा पर्दछन् । डेब्यू फिल्मबाटै लोभलाग्दो फ्यान फलोइंग कमाएका उनले शहरिया युवापुस्तामा आफ्नो बेग्लै छाप छाडेका छन् । मंगोलियन लुक्स, आकर्षक ड्रेसअप र फरक हेयर स्टाइलले उनलाई अरु अभिनेताभन्दा भिन्न बनाएको छ । युवतीहरुमा उनको क्रेज जबरजस्त छ । 
 
डेब्यू फिल्ममा उनको लुक्स र हेयर स्टाइलको गजबै चर्चा भएको थियो । तर, अभिनयको आलोचना भयो । उनको दोस्रो फिल्म 'यात्रा' गत वर्षको अन्तिम महिना अर्थात् चैतमा प्रदर्शनमा आएको थियो । यो फिल्मले बक्सअफिसमा औसत व्यापार गरे पनि उनको अभिनयको सर्वत्र प्रशंसा भयो । उनले एक्सनमा पनि राम्रो सम्भावना देखाए । यो फिल्मपछि उनको फ्यान फलोइंन झनै बढेको छ । 
 
'यात्रा' पछि कुनै नयाँ फिल्म साइन नगरेका उनले शनिबार आफ्नो एक ‘डाइहार्ट फ्यान’ सुजल बम नाम गरेकी युवतीसँग भेट गरेका छन् । नैकापमा बस्ने सुजल सुन्न र बोल्न सक्दिन्न । सांकेतिक भाषाबाट उनी आफ्नो विचार अभिव्यक्त गर्ने गर्दछिन् । उनी 'ए मेरो हजुर २' बाटै सलिनको क्रेजी फ्यान भएकी थिइन् । एक अन्तर्वार्तामा उनले सलिन आफूलाई एकदमै मनपर्ने र भेट्न मन भएको बताएकी थिइन् । 
 
कालिकास्थानमा रहेको एक कफि शपमा सुजनलाई भेट्न सलिन शनिबार दिउँसो गिफ्ट बोकेरै पुगेका थिए । उनीसँग 'यात्रा' निर्देशक सम्राट शाक्य पनि थिए । सलिनलाई पहिलो पटक आँखै अगाडि देख्दा सुजल खुसीले गदगद भइन् । अझ, आफ्नो मनपर्ने अभिनेताबाट गिफ्ट पाउँदा उनमा खुसीको सिमा थिएन । उनले सलिनलाई गर्लम्म अंगालो हालिन् । सुजलले सांकेतिक भाषामा सलिनप्रति प्रेम अभिव्यक्त गरिन् । 
 
 
 
सुजलको आफूप्रति प्रेम देखेर सलिन निकै खुसी देखिन्थे । उनले भने- 'सुजलसँग भेट्न पाउँदा निकै खुसी महशुस भएको छ । मैले जीवनमा कहिल्यै यस्तो माया पाउँछु भन्ने सोचेको थिइनँ । सुजलले अन्तर्वार्तामा मलाई भेट्ने इच्छा व्यक्त गरेपछि मलाई पनि उनीसँग भेट्न गर्न मन लागेको थियो ।' टेक बम (सुजलका पिता) ले सुजलको सांकेतिक भाषा उच्चारण गरेर सलिनलाई सुनाएका थिए । भेटपछि सलिनले सुजलसँँग सेल्फी पनि खिचे । 
 
तश्वीर : आर्यन विमली
Most Visited News (monthly)