Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आप्पा’ को गीत ‘साउने झरी’ रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/06/16
अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ को ‘साउने झरी’ बोलको ओएसटी गीत सार्वजनिक भएको छ । विज्ञान बराइलीको स्वर रहेको गीतमा अनमोल गुरुङ र सैकत देवले संगीत भरेका छन् । गीतको शब्द लेखन उमेश उपमाले गरेका हुन् । गीतको अडियो सशक्त छ । भिडियोमा फिल्मको मेकिङ गजबको देखिन्छ । गीतमा एक छोरा र पिताको प्रेम दर्शाइएको छ । 
 
 
असार १३ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘आप्पा’ ले एक छोरा र पिताको सम्बन्धको कथा भन्छ । फिल्ममा अभिनेता दयाहाङ पिताको भूमिकामा छन् । फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय फिल्म हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता माबो हाङ हुन् ।
 
यसमा रुदेन सादा लेप्चाको लगानी छ । फिल्ममा सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ । निर्देशक गुरुङको कथा रहेको फिल्ममा उनको र उमेश उपमाको पटकथा तथा संवाद छ । शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)