Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५१ दिने बाटोमा ‘जात्रै जात्रा’, कमाई ८ करोड

फिल्मीखबर, काठमाण्डौ, 2019/06/16
डेढ दशक अगाडिसम्म नेपाली फिल्मलाई हलमा प्रदर्शनको ५१ औं र सय दिन मनाउन सकस पर्दैन थियो । प्रायः फिल्मले सजिलै यो यात्रा पार गर्थे । तर, केही वर्षयता नेपाली फिल्मलाई हलमा एक हप्ता पनि टिक्न मुश्किल छ । कति त पहिलो शोबाटै उत्रिन्छन् । यसको प्रमुख कारण गुणस्तरिय फिल्म बन्न नसक्नु हो । यद्यपि, अझै पनि एकाध फिल्मले प्रदर्शनको ५१ दिन भने मनाइरहेका छन् । 
 
गत वर्ष 'छक्का पञ्जा ३', 'जय भोले' र 'ए मेरो हजुर ३' ले हलमा प्रदर्शनको ५१ औं दिन सफलतापूर्वक मनाए । अब, यो बाटोमा प्रदर्शनरत मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ पनि देखिएको छ । गएको शुक्रबारबाट फिल्मले पाँचौ हप्तामा प्रदर्शन सुरु गरेको छ । कुनै ठूला नेपाली फिल्म रिलिज नहुनु र आश गरिएको बलिउड फिल्मले पनि दर्शक निराश बनाउँँदा यो फिल्मलाई गजबकै फाइदा भएको छ । 
 
 
अब, हलमा २० दिन टिकेको खण्डमा यस फिल्मले प्रदर्शनको ५१ औं दिने मनाउनेछ । केही हप्तायता यसका निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत अष्ट्रेलियामा छन् । फिल्मको अष्ट्रेलियामा लगातार शो भइरहेको छ । सबै शो हाउसफुल भएको निर्देशक भट्टराई बताउँछन् । नेपालमा पनि फिल्मले पाँचौ हप्तामा राम्रो व्यापार गरिरहेको रिपोर्ट प्राप्त छ ।
 
यसले राजधानीका मल्टीप्लेक्सहरुमा नयाँ नेपाली फिल्मभन्दा पनि राम्रो सोज र दर्शक पाइरहेको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण सिंगल थिएटरमा पनि फिल्मको उपस्थिति अझै दरिलो छ । फिल्मले केही मल्टीप्लेक्स र आधा दर्जन बढी सिंगल थिएटरमा प्रदर्शनको ५१ औं दिन मनाउने फिल्म पण्डितहरुको विश्लेषण छ । यसअघि भट्टराई निर्देशित फिल्म 'शत्रु गते' र 'जात्रा' ले पनि ५१ दिने यात्रा तय गरेको थियो । 
 
ब्लकबस्टरको बाटोमा रहेको ‘जात्रै जात्रा’ ले चौथो हप्तासम्म घरेलु बजारबाट ८ करोडको व्यापार गरेको निर्माण टिमबाट जानकारी प्राप्त छ । अष्ट्रेलियाबाट फिल्मीखबरसँग कुराकानी गर्दै निर्देशक प्रदीप भन्छन्, 'पाँचौ हप्तामा पनि हलमा दर्शकको संख्या घटेको छैन । फिल्मले हलमा ५१ औं दिने बनाउनेमा हामी विश्वस्त छौं ।' यस फिल्मले दर्शक र समीक्षक दिुबैबाट नकै राम्रो तारिफ बटुलेको छ । फिल्ममा दयाहाङ राई, रविन्द्र झा, राजाराम पौडेललगायतको पनि अभिनय छ । 
Most Visited News (monthly)