Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जाइरा’ गीतः नम्रताको बयान गरेर नथाक्ने अनुप (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/06/27
आउँदो भाद्र ६ गतेबाट मुलुकभर प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी जनरामा निर्मित फिल्म ‘जाइरा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘आँखैले बोल्छ’ बोलको गीतमा सन्तोष लामाको गायन छ । भने, कल्याण सिंहको संगीत र रवि मल्लले शब्द छ । गीतको भिडियोमा फिल्मका लिड कलाकार नम्रता श्रेष्ठ र अनुपविक्रम शाही फिचर्ड छन् । 
 
बिहीबार राजधानीको ठमेलमा रहेको लड क्लबमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा नम्रता र अनुपले स्टेजमा नृत्य समेत प्रस्तुत गरेका थिए । कोरियोग्राफर गोविन्द राईले चार दिन लगाएर दुईलाई स्टेजका लागि नृत्य सिकाएका थिए । स्टेजमा दुईको जोडी कमालको देखिएको थियो । सार्वजनिक गीतले अनुप र नम्रताको प्रेमभाव बोल्छ । 
 
 
पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी अभिनेत्री नम्रताले यस फिल्ममा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छन् । मार्शल आर्ट सिक्न उनले ८ महिना तालिम लिएकी थिइन् । भने, आफ्नो कपाल समेत काटेकी थिइन् । यसका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । 
 
फिल्ममा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् ।  कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा फिल्म बनेको हो ।  
 
कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । भने, द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । लोकेश बज्राचार्यले सम्पादन रहेको यस फिल्ममा केशव थापाको नृत्य निर्देशन छ भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ । अभिनेत्री नम्रताले फिल्म बदलाको कथामा बनेको बताइन् ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)