Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9961 - 9966 of 24024
एजेन्सी, मुम्बई, 2019-05-01, बुधवार
यस वर्षको मोस्ट अवेटेड फिल्म मध्येको एक ‘कलंक’ बक्सअफिसमा नराम्रोसँग डुबेको छ । छायांकको बेलादेखि नै फिल्मको निकै चर्चा थियो, तर कमजोर कथाले दर्शकलाई आकर्षित गर्न सकेन । मेकर्सदेखि स्टारकास्टसम्म फिल्मको असफलतालाई लिएर निकै दुःखी छन् । हालै अभिनेता वरुण धवनले फिल्म फ्लप भएपछि आफू निकै टुटेको बताएका छन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-05-01, बुधवार
दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्ममा काम गर्न नयाँ/पुराना जो कोही अभिनेता वा अभिनेत्रीको इच्छा हुन्छ । यो टिमको फिल्ममा काम गरेपछि करिअरले गति लिने विश्वास धेरैमा छ । तर, दीपक-दीपाको समुहले अहिलेसम्म नयाँभन्दा पुरानै कलाकारसँग दोहोर्‍याएर काम गरिरहेको छ । हिरोइनबाहेक हरेक फिल्ममा पुरानै कलाकारहरुको अभिनय रहँदै आएको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-05-01, बुधवार
फिल्म क्षेत्रलाई हल्लाको क्षेत्र भनिन्छ । यहाँ सजिलै विक्ने भनेको हल्ला हो । यस क्षेत्रमा सक्रिय जो कोही हल्ला चलाउन र भ्रम फिजाउन हिचकिचाउँदैनन् । केही समययता मिडियाले बढी स्थान दिने र चासो राख्ने विषय भनेको कलाकारको पारिश्रमिक हो । पारिश्रमिकको आधारमा कलाकारको लोकप्रियता मापन गर्ने गरिन्छ । यसकारण पनि कलाकारहरु महँगो पारिश्रमिक बताएर आफूलाई शक्तिशाली प्रमाणित गर्न हानाथाप गर्छन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-04-30, मंगलवार
निर्देशक तथा निर्माता मिलन चाम्स आफ्नो फिल्मको घोषणा, प्रचार-प्रचार र प्रिमियर लोभलाग्दो शैलीमा गर्छन् । नेपालमा पहिलो पटक उनले ब्यान्ड बाजा बजाएर फिल्म ‘बीर विक्रम’ को प्रिमियर गरेका थिए । यसको दोस्रो सिरिजको प्रिमियर पनि केही पृथक शैलीमा आयोजना हुने भएको छ । जेठ ३ मा प्रदर्शनमा आउने फिल्मको जेठ १ गते प्रिमियरमा हुँदैछ । 
 
एजेन्सी, मुम्बई, 2019-04-30, मंगलवार
अभिनेत्री कटरीना कैफ र अभिनेता रणबीर कपूरको जोडी बलिउडको निकै चर्चित लभ कपल्स मध्येको एक हो । अहिले उनीहरु एकअर्काबाट टाढिएका छन् । दुईको ब्रेकअप करीब दुई वर्ष अगाडि भएको हो । फिल्म ‘अजिब प्रेमकी गजब कहानी’ को सेटबाट अंकुराएको उनीहरुको प्रेम फिल्म ‘जग्गा जासुस’ रिलिजपछि टुटेको थियो । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-04-30, मंगलवार
कमेडी जनराको फिल्म निर्माणमा आफूलाई शक्तिशाली साबित गरेको टिम हो- दीपकराज गिरी र दीपाश्री निरौला । केही वर्ष अगाडिसम्म नेपालमा कमेडी फिल्मलाई हेर्ने नजर फरक थियो । यसलाई दोस्रो दर्जाको फिल्म भन्ने गरिन्थ्यो । यो सोचाईलाई दीपक-दीपाको टिमले गलत साबित गर्‍यो । दशक अगाडिसम्म नेपालमा पूर्ण कमेडीप्रधान फिल्म खासै चलेका थिएनन् । 'छक्का पञ्जा' पछि नेपालमा कमेडी फिल्मको बाढी नै लागेको छ । 
 
Results : 9961 - 9966 of 24024
Most Visited News (monthly)