Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

हलमा दयाहाङको ‘आप्पा’ सँग यशराजको ‘कीर्तिपुर’

फिल्मीखबर, काठमाडौं, 2019/06/28
एक छोरा र पिताको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने फिल्म ‘आप्पा’ र तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘कीर्तिपुर’ शुक्रबारबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएका छन् ।  ‘आप्पा’ का निर्देशक अनमोल गुरुङ हुन् । भने, ‘कीर्तिपुर’ लाई प्रदीप खड्गीले निर्देशन गरेका हुन् । 
 
बिहीबार साँझ राजधानीमा भएको प्रिमियरमा फिल्म ‘आप्पा’ को प्रशंसा भएको थियो । फिल्मकर्मीहरुले कलाकारको अभिनय, कथावस्तु र निर्देशक गुरुङको निर्देशकिय क्षमताको मुक्तकण्ठले प्रशंसा गरे । फिल्ममा दयाहाङले उत्कृष्ट अभिनय पस्किएका छन् । उनी पिताको भूमिकामा छन् । तुलसी घिमिरे, अल्लोना काबो लेप्चा, अरुणा कार्कीलगायतका कलाकारको पनि फिल्ममा अभिनय छ । 
 
 
अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्मित यस फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको छ । कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । फिल्ममा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ । 
 
फिल्म ‘कीर्तिपुर’ मा भने यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । यसमा यशराजले पृथ्वीनारायण शाह र कीर्तिलक्ष्मीको भूमिका हिसिलाले निभाएका छन् । फिल्मका निर्माता अनन्तकुमार श्रेष्ठ हुन् । शंकर महर्जन र नविन जोशीले फिल्म खिचेका हुन् । वीरेन्द्र ताम्राकार र प्रेम खड्गीको पनि फिल्ममा लगानी छ । 
Most Visited News (monthly)