Most Recent News Headlines
Results : 9967 - 9972 of 24024

फिल्मीखबर, काठमाण्डौ, 2019-04-30, मंगलवार
हास्य टेलिभिजन श्रृंखला 'तितो सत्य' को लोकप्रियता बिस्तारै घट्दै जान थालेपछि दीपकराज गिरी र दीपाश्री निरौलाले ४०/५० लाख जोरजाम गरेर पहिलो पटक '६ एकान ६' फिल्म निर्माण गरे । फिल्ममा तीन हास्य टेलिसिरियल 'तितो सत्य', 'मेरी बास्सै', 'जिरे खुर्सानी' का कलाकारहरुको अभिनय थियो । निर्माणमा होमिएको पहिलो फिल्मले नै मनग्य पैसा छाप्यो । यसपछि दीपकराजको समुहले फिल्म निर्माणलाई रोकेको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-30, मंगलवार
विदेशी फिल्मको कथा वा सिन हुबहु चोरेर पनि आफूले मौखिक फिल्म बनाएको र कतैबाट प्रभावित नभएको गर्वका साथ छाती फुलाएर बताउन नेपाली फिल्मकर्मीलाई रत्ति सरम लाग्दैन । वर्षौदेखि नेपाली फिल्ममाथि कहिले कथा त कहिले सिन चोरीको आरोप लाग्दै आएको छ । कहिले काहिँ त पोस्टर समेत चोरिएको आरोप लाग्छ । विभिन्न कालखण्डमा निर्माण भएका थुप्रै नेपाली फिल्महरु विदेशी फिल्मको फोटोकपी रहेको इतिहास बोल्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-29, सोमवार
फ्लोरमा जानुभन्दा अगावै यस वर्षको बहुप्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘छक्का पञ्जा’ टिमको नयाँ फिल्म ‘छ माया छपक्कै’ को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । काठमाडौंको कालिमाटीमा रहेको नेपालको सबैभन्दा स्तरिय र महँगो पाँच तारे होटल सोल्टीमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको नाटक शैलीमा घोषणा गर्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-29, सोमवार
अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्युमर देखिएपछि भारतमा शल्याक्रिया भएको छ । उनले सोमवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भारतमा सफल शल्याक्रिया भएको जानकारी दिएकी छन् । आफूसँग जिन्दगीले दोस्रो पटक खेल खेलेको बताउँदै शल्याक्रियापछि आफूले दोस्रो जीवन पाएको उनले स्टाटसमा लेखेकी छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-29, सोमवार
'हट एण्ड बोल्ड' अभिनेत्रीको रुपमा चिनिएकी सुरजनी केसी केही दिनयता आफ्नो चौथो फिल्म ‘पसिना’ को प्रचारमा व्यस्त छिन् । यो फिल्म यही बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यसमा उनको भूमिका सहायक अभिनेत्रीको छ । लिड हिरोइनमा अनु शाह छिन् । गौरव पहारी लिड हिरोको रुपमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-29, सोमवार
बैशाख अन्तिम साताबाट छायांकन सुरु हुन लागेको कमेडी जनरामा निर्माण बन्ने फिल्म ‘छ माया छपक्कै’ मा अभिनेत्री केकी अधिकारी लिड हिरोइनमा अनुबन्ध भएकी छन् । ‘घामपानी’ र ‘गोपी’ फेम्ड निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको यस फिल्ममा केकीको जोडीको रुपमा कलाकार दीपकराज गिरी हुनेछन् ।
Most Visited News (monthly)

