Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'साइनो'को आइटम गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2019/07/24
काठमाण्डौ। नेपाली फिल्म 'साइनो'को आइटम गीत रिलीज गरिएको छ । मंगलबार इन्टरनेटमा रिलीज गीतमा नायिका नीता ढुंगानाले नृत्य गरेकी छन् भने साथमा नायक राजकुमार र राजा राजेन्द्र पोखरेल पनि छन् ।
 
'क्या बात छ...' बोलको गीतमा मिना निरौलाको आवाज रहेको छ भने शब्द यमन सुवेदी र र संगीत किरण भुषालको छ । यस गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
 
नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको यस फिल्ममा रमेश थापाको निर्देशन रहेको छ । फिल्ममा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका कलाकारहरुको अभिनय छ । 
 
साइनो यहि साउन २४ गते रिलीज हुँदैछ । फिल्मलाई अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छायांकन तथा बनिश शाहको सम्पादन छ ।
 
भिडियो:

Most Visited News (monthly)