Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रदीपको नजरमा लजालु ‘गीत’

फिल्मीखबर, काठमाण्डौ, 2019/07/22
केही समययता अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहने फिल्म ‘प्रेमगीत ३’ को बारेमा जो कोहीलाई सर्वाधिक चासो छ । निर्देशकको रुपमा छेतेन गुरुङ र सन्तोष सेनको प्रवेशसँगै प्रमुख भूमिकामा पुराना अभिनेता शिव श्रेष्ठ, चाइल्ड स्टार अनुभव रेग्मी, नव-अभिनेता मनिष राउत र २७ सय बढी युवतीलाई उछिन्दै ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना गुरुङ छानिएपछि चैत २८ मा रिलिज हुने यो फिल्मको चर्चा निकै चुलिएको छ । 
 
उक्त फिल्मको छायांकन दशैंपछि सुरु हुँदैछ । प्रदीप तेस्रो पटक पनि ‘प्रेम’ को भूमिकामा प्रस्तुत हुँदैछन् । ‘प्रेमगीत’ मा पूजा शर्मा र यसको दोस्रो पार्टमा अश्लेषा ठकुरीसँग रोमान्स गरेका उनले ‘प्रेमगीत ३’ मा क्रिस्टिनासँग जोडी बाँध्दैछन् । फिल्ममा उनी अनुबन्ध हुँदा प्रदीप फिल्म ‘लभ स्टेशन’ को प्रदर्शनका लागि अष्ट्रेलियामा थिए । उनले आफ्नो आधिकारिक फेसबुकबाट क्रिस्टिनालाई बधाई दिए पनि भेट्ने अवसर भने पाएका थिएनन् । 
 
 
गएको बुधबार पहिलो पटक उनले क्रिस्टिनासँग प्रत्यक्ष भेट्ने मौका पाए । तर, भिडियो र फोटोमा हेरेकोभन्दा उनलाई फरक पाएको प्रदीप बताउँछन् । क्रिस्टिनासँँगको पहिलो भेट सम्झिँदै फिल्मीखबरसँग फोनवार्तामा उनले भने, ‘मैले सोचेको भन्दा सानो हुनुहुँदो रहेछ । तर, धेरै गफ भने हुन पाएको छैन । ट्रेनिङमा हल्का कुराकानी हुन्छ । वर्कसपमा बसेपछि अलि नजिक हुन्छौं होला ।’ उनले क्रिस्टिना लजालु स्वभावको रहेको पनि बताए । 
 
‘हामीबीच अहिलेसम्म खुलेर कुरा भएको छैन तर उहाँ अलि लजाउने खालको लाग्यो । फोटो र भिडियोमा हेर्दा चाहिँ अलि खुलेर बोल्नुहुन्छ जस्तो लागेको थियो । तर, मैले सोचेकोभन्दा विपरित पाएँ’, उनले भने । अभिनेता प्रदीप क्रिस्टिनाले ट्रेनिङमा गरेको मेहनतबाट भने आफू प्रभावित भएको बताउँछन् । नेपाली फिल्म क्षेत्रले एउटा कुशल अभिनेत्री पाउनेमा उनी विश्वस्त छन् । उनी क्रिस्टिनासँग काम गर्न आफू उत्साहित रहेको बताउँछन् । 
 
‘प्रेमगीत’ को अघिल्ला दुई पार्टमा अभिनेता प्रदीपसँग अभिनेत्री नसुहाएको प्रतिक्रिया थुप्रै आएका थिए । ‘प्रेमगीत ३’ मा यो आरोपबाट मुक्त भइएला ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘अझै पनि दर्शकले ‘गीत’ को रुपमा पूजा शर्मा र अश्लेषा ठकुरीलाई नै चिन्नुहुन्छ । मसँग केमेस्ट्री सुहाउँछ वा सुहाउँँदैन भन्दा पनि क्यारेक्टरमा उहाँ सुहाउनु हुन्छ कि हुँदैन भन्ने महत्त्वपूर्ण कुरा हो ।’ उनी क्रिस्टिनासँग आफ्नो जोडी दर्शकले रुचाउनेमा विश्वस्त छन् । 
Most Visited News (monthly)