Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुरानै मितिमा फर्कियो 'हजार जुनीसम्म'

फिल्मीखबर, काठमाण्डौ, 2019/07/23
नेपाली फिल्म क्षेत्रमा विदेशी फिल्मको दबदबालाई मेटाउन मुश्किल भईरहेको छ । त्यसको एक उदाहरण हो, दक्षिण भारतिय फिल्म 'साहो' । साहोको रिलीज मिति परिवर्तन हुँदा नेपाली फिल्महरुलाई सास्ती भएको छ ।
 
यसअघि प्रभास-श्रद्दा अभिनित साहोले रिलीज मिति श्रावण ३० लाई तोक्दा नेपाली फिल्म 'हजार जुनीसम्म' भदौ ६ गतेको लागि सरेको थियो । यो फिल्म अर्को नेपाली फिल्म 'जाइरा'सँग रिलीज हुन तयार भएपनि पछिल्लो समय 'साहो'को मिति हलचलले नेपालमा पनि हलचल भयो । अब आफ्नो पुरानै मितिमा 'हजार जुनीसम्म' रिलिज हुनेछ । अब 'साहो' भदौ १३ मा रिलीज हुँदैछ, जुन मितिमा दुई नेपाली फिल्महरु 'कबड्डी कबड्डी कबड्डी' र 'मारुनी' रिलीज हुँदैछन ।
 
'हजार जुनीसम्म'मा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेष प्रधान, प्रियंका कार्की, सलोन बस्नेत, संचिता लुइटेल, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । विकास राज आचारय् निर्देशित फिल्मा विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाको लेखन छ ।
Most Visited News (monthly)