Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघले पोखरामा तीन दिने कार्यशाला गर्दै

फिल्मीखबर, काठमाण्डौ, 2019/08/12
 
चलचित्रको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालले आउँदो भाद्रमा तीन दिने वृहत चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्ने भएको छ । आइतबार केन्द्रिय कार्यालय अनामनगरमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले भाद्र १८, १९ र २० गते पोखरामा चलचित्र विकास बोर्डसँगको सहकार्यमा कार्यशाला गर्ने निर्णय गरेको हो । 
 
संघका महासचिव अनिल यादव द्वारा हस्ताक्षरित विज्ञप्तीमा फिल्म सम्बन्धि विधासँग जोडिएर पत्रकारिता गरिरहेका पत्रकारहरुले कार्यशालामा सहभागी हुन पाउने बताइएको छ । १५ सय शुल्क निर्धारण गरिएको कार्यशालामा सहभागी हुन चाहनेले भाद्र १० गतेभित्र कार्यालयमा नाम दर्ता गरिसक्नु पर्ने विज्ञप्तीमा उल्लेख छ । 
 
यो कार्यशाला सक्रियतापूर्वक फिल्म पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि उपलब्धिमुलक हुने संघले अपेक्षा राखेको छ । कार्यशालामा सम्बन्धि विधामा दक्ष पत्रकारहरुले पत्रकार आचारसंहिता तथा भिडियो कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता, पर्यटन र फिल्म पत्रकारिता, फोटो र मल्टीमिडियाको विषयमा प्रशिक्षण दिनेछन् । 
Most Visited News (monthly)