Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कंगना भन्छिन्, ‘बलिउडमा प्रतिभाको कदर हुन्न’

एजेन्सी, मुम्बई, 2019/08/12
 
बलिउड अभिनेत्री एक्ट्रेस कंगना रनौत आफ्नो विवादित बयानका कारण चर्चामा आउने गरेकी छन् । उनी आफ्नो फिल्म ‘मणिकर्णिका’ लाई बलिउडमा नरुचाएपछि निकै रिसाएकी थिइन् र फिल्म रिलिजपछि सेलिब्रेटीमाथि धावा बोल्न थालिन् । तीनपटक राष्ट्रिय अवार्ड जितिसकेकी उनले बलिउडमा प्रतिभाको कुनै महत्त्व नभएको बताएकी छन् । 
 
हालै एक अन्तर्वार्तामा उनले भनिन्, ‘फिल्म इन्डस्ट्रीमा बाहिरबाट आएका युवतीमाथि शोषण हुने गरेको छ । त्यसमाथि बलिउडमा नेपोटिज्मको जरा निकै गहिरोसँग गाँडिएको छ, जसले बाहिरबाट आएका व्यक्तिलाई टिक्न दिँदैनन् ।’ उनले मुभी माफियाको पर्दाफास हुन आवश्यक रहेको बताइन् । अब आफू सख्त भएको पनि उनको भनाई छ । 
 
उनी भन्छिन्, ‘सुरुमा जब म यहाँ आएँ, तब मलाई लागेको लागेको थियो कि यहाँ प्रतिभा नै सबैथोक हो । मैले आफ्नो बाटो बनाउनका लागि निकै संघर्ष गरेँ । फिल्ममेकिङ, स्क्रिप्टिङ, अभिनय सबै सिकेँ । मैले यो सोचेर सबथोक गरेँ कि प्रतिभा नै सबैथोक हो । जब मैले आफ्नो प्रतिभाको दायरा बढाएँ तब महशुस भयो कि यहाँ प्रतिभाको कुनै महत्त्व छैन ।’
 
सत्ताको राजनीति गर्ने र खेल खेल्ने व्यक्तिले आफ्नो सम्पर्क र माफियाको मद्दतबाट एक जाल बुनेको बताउँदै कंगना भन्छिन्, ‘यो सिस्टमलाई तोड्न मलाई सख्त कदम उठाउनु पर्‍यो । मलाई लाग्छ कि तपाईंलाई त्यो मिल्नु पर्छ, जसका लागि तपाईं लायक हुनुहुन्छ ।’ अस्थिरताले जो कोहीलाई अभिनय पेशामा असुरक्षित महशुस गराउने उनको भनाई छ । 
Most Visited News (monthly)