Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

रिलिज टुंगो नलाग्दै बाहिरियो ‘छ माया छपक्कै’ को फस्टलुक

फिल्मीखबर, काठमाण्डौ, 2019/08/27
प्रतिष्ठित ब्यानर आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । ‘छक्का पञ्जा’ को फ्लेवर दिने पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फिचर्ड छन् । पोस्टरले नै फिल्म कमेडी प्रधान रहेको प्रस्ट्याउँछ । 
 
४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको फिल्मको प्रदर्शन मिति भने पोस्टरमा राखिएको छैन । फिल्मको रिलिज टार्गेट दशैं भए पनि अहिलेसम्म निर्माण टिमले आधिकारिक रुपमा मिति तोक्न सकेको छैन । भाद्र २७ र असोज १७ गतेमध्ये यो फिल्म कुनै एक मितिमा आउन सक्ने सम्भावना छ । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । 
 
 
हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।
 
निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यस फिल्मको अझै एक गीत खिच्न बाँकी छ । सुस्ताएको नेपाली फिल्मको बजार ‘छ माया छपक्कै’ ले ब्यूँत्याउने अपेक्षा गरिएको छ । मुनाफाको ५० प्रतिशत लिने शर्तमा दीपकराज समुहले यो फिल्म गरेको हो । यसका निर्माता रोहित अधिकारी हुन् । फिल्ममा अभिनेत्री सुपुष्पा भट्टको पनि अभिनय छ । 
Most Visited News (monthly)