Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पोइ पर्‍यो काले’ गीतमा आकाश-पुजा र सौगात-श्रृष्टिको ठुम्का (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2019/08/27
कात्तिक ८ गतेबाट मल्टीस्टारर फिल्म ‘पोइ पर्‍यो काले’ प्रदर्शनमा आउँदैछ । पहिलो पटक सौगात मल्ल, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ र आकाश श्रेष्ठले स्क्रिन साझेदारी गरेका कारण यो फिल्मको दर्शकमा निकै प्रतिक्षा छ । यस फिल्मलाई रिलिज अगावै ‘स्योर सट’ हिट मानिएको छ । शिशिर राणा निर्देशित फिल्मको हालै शिर्ष गीत खिचिएको छ, बालाजुमा रहेको चलचित्र विकास कम्पनीको स्टूडियोमा । 
 
 
 
 
उक्त स्टूडियोभित्र भव्य सेट लगाएर फिल्मको गीत खिचिएको हो । गीतमा फिल्मका प्रमुख कलाकार सबैलाई स्थान दिइएको छ । रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन रहेको गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर र नृपेश उप्रेतीको शब्द छ । अभिनेत्री पूजाले यो गीत फिल्मभित्र एउटा पुजामा घन्किने बताइन् । 
 
फिल्ममा उनको जोडी सौगात हुन् वा आकाश भन्नेमा अन्योलता कायम छ । उनी पनि यसको खुलासा फिल्म हेरेपछि हुने बताउँछिन् । निर्देशक राणाकै लेखन रहेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । यस फिल्मको मूल कथा सौगातको वरिपरि घुमेको छ । 
 
 
 
 
सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेललगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । अभिनेता सौगातले फिल्मलाई कमेडी कथामा निर्माण भएको बताए । फिल्म हेर्दा दर्शकले पूर्ण मनोरञ्जन लिने उनको भनाई छ । नायिका श्रृष्टि फिल्ममा पूजाको साथीको भूमिकामा छिन् । उनले फिल्मको पुरा अवधि आफू नदेखिएपनि दर्शकले भूमिकालाई मन पराउने दाबी गरेकी छन् । 
Most Visited News (monthly)