Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दशैंमा ‘काले दाई’

फिल्मीखबर, काठमाण्डौ, 2019/08/30
दशैं विदा छोप्दै असोज १७ गतेबाट फिल्म ‘काले दाई’ प्रदर्शनमा आउने भएको छ । यो फिल्म रिलिजको भोलीपल्ट फूलपाती परेको छ । हरेक वर्ष दशैंको फूलपातीमा फिल्म रिलिज गर्न हानाथाप गर्ने ठूला ब्यानरहरु यसपटक भने कुना पसेका छन् । किनकि, फूलपातीको दुई दिन अगाडि बलिउडको महँगो फिल्म ‘वार’ प्रदर्शन हुँदैछ । 
 
यसको डरले फूलपातीको अघिल्लो दिन प्रदर्शनमा आउने लगभग निश्चित भएको दीपकराज गिरी समुहको फिल्म ‘छ माया छपक्कै’ समेत एक हप्ता पछाडि सर्‍यो । ‘काले दाई’ भने चौंडा छाति देखाएर मैदानमा उत्रिएको छ । फर्स्टलुक पोस्टरमार्फत् यो फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मका निर्देशक शिव शर्मा हुन् । 
 
 
नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ । इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।
 
 इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ । फिल्म ‘पर्व’ मा समावेश चर्चित गीत ‘काले दाई’ को शिर्षक सापटी लिएर यो फिल्म बनेको छ ।
Most Visited News (monthly)