Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खगेन्द्रको ‘पानीफोटो’ फ्लोरमा, भित्रिइन् मलिका

फिल्मीखबर, काठमाडौं, 2019/09/01
अभिनेता खगेन्द्र लामिछानेले आधा दर्जनको आसपासमा फिल्ममा अभिनय गरिसकेका छन् । अहिलेसम्म आफूले लेखेको कथामा मात्र काम गर्दै आइरहेका उनको सम्झनलायक फिल्मको रुपमा ‘पशुपति प्रसाद’ लाई लिने गरिन्छ । यसमा उनको अभिनयले दर्शकको मन जितेको थियो । अभिनयमा विविधता र भूमिकामा फरकपन पस्किन खप्पिस मानिने उनको पछिल्लो फिल्म ‘डमरुको डण्डीवियो’ हो । 
 
 
भर्सटायल अभिनेताको छवि बनाएका उनी अब आफूलाई फिल्म निर्देशकको रुपमा पनि स्थापित गर्न खोज्दैछन् । दशक अगाडिको चर्चित नाटक ‘पानीफोटो’ माथि निर्माण हुन लागेको फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्दैछन् । यो नाटकको लेखन र निर्देशनको जिम्मेवारी पनि खगेन्द्रले नै निभाएका थिए । उनले यो नाटकलाई पुस्तकमा समेत ढालिसकेका छन् । अब दृश्यभाषामा बदल्न कसिएका छन् । 
 
आइतबार राजधानीको बंगलामुखी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्म ‘पानीफोटो’ को शुभ मुहूर्त गरिएको छ । आजैबाट फिल्मको छायांकन पनि सुरु भएको छ । फिल्मको मुहूर्त समारोहमा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधानलगायत उपस्थित थिए । पन्ध्र वर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पखाईमा बसेका बुबा-आमाको कथामा ‘पानीफोटो’ आधारित हुनेछ । फिल्मलाई दीपक बज्राचार्यले खिच्नेछन् ।
 
अभिनेता खगेन्द्र भन्छन्, ‘यो नाटकलाई फिल्म बनाउँछु भन्ने सपना सन् २०११ तिरै बुनेको थिएँ । धेरै दर्शकले यो नाटक रुचाउनुभएको थियो । यसलाई झन् धेरै दर्शकमाझ पुर्‍याउन मन थियो, जुन फिल्मबाट मात्र सम्भव थियो । यद्यपि, मैले पुस्तक भने निकालेको थिएँ । तर, फिल्म नै बनाउने सपना थियो, जुन अब पूरा हुँदैछ ।’ फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् ।
 
 
निमेष श्रेष्ठको सम्पादन रहने फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मालगायतका कलाकारहरुको अभिनय रहनेछ । फिल्मको निर्माण घोषणाको बेला मुख्य अभिनेत्रीको टुंगो लागेको थिएन । फिल्म 'यात्रा' बाट डेब्यू गरेको अभिनेत्री मलिका महत यो फिल्मका लागि मुख्य भूमिकामा छनोट भएकी छन् । 
Most Visited News (monthly)