Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

सुशान्त र श्रद्धाको ‘छिछोरे’ को सानदार कमाई

एजेन्सी, मुम्बई, 2019/09/10
 
अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘छिछोरे’ ले बक्सअफिसमा सानदार व्यापार गरिरहेको छ । फिल्मले प्रदर्शनको चार दिनमा निकै लोभलाग्दो कमाई गरेको छ । दर्शक र समीक्षकबाट मिलेको प्रशंसाको फाइदा राम्रै उठाइरहेको यो फिल्मले सोमबार बक्सअफिसमा जोडेको अंक पहिलो दिनको भन्दा बढी छ । 
 
फिल्म ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले चौथो दिन सोमबार घरेलु बजारमा ८ करोड १० लाख छापेको छ । जुन प्रदर्शनको पहिलो दिनको तुलनामा ७८ लाख बढी हो । फिल्मले पहिलो दिन ७ करोड ३२ लाखको व्यापार गरेको थियो । दोस्रो दिन १२ करोड २५ लाख र तेस्रो दिन फिल्मको व्यापार १६ करोड ४१ लाख छ । 
 
‘दंगल’ निर्देशक नितेश तिवारी निर्देशित फिल्म ‘छिछोरे’ ले चार दिनमा ४४ करोड ८ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै जानकारी दिएका छन् । श्रद्धा कपूर, सुशान्त सिंह राजपूत र वरुण ग्रोवर स्टारर यो फिल्ममा कलेजका साथीहरुको कथा देखाइएको छ । जसमा प्रेम, रिस, ह्यूमर, दुःख र मोजमस्ती सबै छ । 
 
फिल्मले रिलिज भएसँगै साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ लाई बक्सअफिसमा टक्कर दिन सुरु गरेको थियो । प्रतीक बब्बर, ताहिर राज भसीन, नवीन पोलीशेट्टी र नलनीश नीलको पनि यो फिल्ममा प्रमुख भूमिका छ । ‘छिछोरे’ को व्यापारिक रफ्तार हेर्दा यसले दोस्रो हप्ताभित्र सय करोडकोे आँकडा पार गर्ने देखिन्छ । 
Most Visited News (monthly)