Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विपिनको ‘सेल्फी किङ’ को मुहूर्तसँगै छायांकन सुरु

फिल्मीखबर, काठमाण्डौ, 2019/09/10
भर्सटायल एक्टर विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को छायांकन सुरु भएको छ । मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको ‘कास्ट एण्ड क्रियू’ सार्वजनिक गरेको थियो । 
 
 
‘सेल्फी किङ’ को नामले परिचित एक चर्चित हाँस्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यो फिल्मले वाचन गर्नेछ । छायांकनको पहिलो दिन उक्त कलाकार सांस्कृतिक कार्यक्रमका लागि काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गर्दाको यात्राको दृश्य कैद गरिँदैछ । 
 
काठमाडौंदेखि सोलुखुम्बुसम्म खिचिने फिल्मको दशैंअघि र दशैंपछि गरि २ सेड्युलमा छायांकन गरिनेछ । २५ दिन लामो पहिलो सेड्युलमा सोलुखुम्बु, खुर्कोट, घुर्मीलगायत काठमाडौंदेखि सोलुखुम्बुसम्मका विभिन्न स्थानमा फिल्मको छायांकन हुनेछ । ड्रामा प्लस कमेडी भनिएको फिल्मलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् । 
 
विपिनका अलवा फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ । भने, अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन । सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा यसको निर्माण गर्दैछन् । 
 
 
निर्देशक विशालले फिल्मको कथा लेखेका हुन् । यसमा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत, निर्मल लामाको कोरियोग्राफी रहनेछ । फिल्मका सह-निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् । फिल्ममा विपिनले हाँस्य कलाकारको भूमिका निभाउनेछन् । 
Most Visited News (monthly)