Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हल राम्रो नहुँदा दर्शक भड्किए : रेखा थापा

फिल्मीखबर, काठमाण्डौ, 2019/09/19
 
अभिनेत्री रेखा थापाले हलका कारण पनि नेपाली फिल्म असफल हुने गरेको बताएकी छन् । अनुहार नै नबुझिने पर्दा, बस्नलाई राम्रो कुर्सी नहुने र राम्रोसँग सरसफाइ नै नहुने हलले दर्शक भड्काएको उनको आरोप छ । बिहीबारबाट बानेश्वरमा रहेको आइप्लेक्स हलमा सञ्चालनमा आएको वान सिनेमाज् हलको उद्घाटन कार्यक्रममा उनले दर्शकलाई आकर्षित गर्न देशभर स्तरिय हल सञ्चालन हुनुपर्ने बताइन् ।
 
उनले भनिन्, ‘नेपाली फिल्म नचल्नुमा म हलको पनि दोष देख्छु । महँगो मुल्यमा टिकट काटेपछि राम्रोसँग फिल्म हेर्न पाउनु दर्शकको अधिकार हो । तर, अझै पनि नेपालमा राम्रोसँग आवाज र कलाकारको अनुहार नै नबुझिने हल छन् । नाक थुनेर फिल्म हेर्नुपर्ने अवस्था छ । हलको अवस्थाका कारण पनि दर्शकले फिल्म हेर्न छाडेका छन् । जसको प्रत्यक्ष असर नेपाली फिल्मको व्यापारमा परेको छ ।’ 
 
पुराना हलहरुले आफ्नो स्तरउन्नतीमा ध्यान नदिएका कारण अहिले नेपालमा मल्टीप्लेक्सको तीव्र रुपमा विकास भइरहेको उनको भनाई छ । उनले भनिन्, ‘फिल्म राम्रो बनाएर मात्र हुँदैन । त्यसलाई देखाउनका लागि राम्रो हल हुन पनि आवश्यक छ । मैले धेरै ठाँउका हलको अवलोकन गरेको छु । जहाँ न बस्नका लागि राम्रो कुर्सी छ न त राम्रोसँग बुझिने पर्दा नै । हलले दर्शकमाथि अन्योय गरेको मैले महशुस गरेको छु ।’ 
 
त्यस्तै, हलको उद्घाटन समारोहमा पुगेकी निर्देशक दीपाश्री निरौलाले अहिले दर्शकको पहिलो रोजाई मल्टीप्लेक्स बन्ने गरेको र त्यसले नेपाली फिल्मको व्यापारमा ठूलो सहयोग पुर्‍याएको बताइन् । फिल्म हल आफ्नो लागि मन्दिर लाग्ने बताउँदै उनले नेपालमा अझै सुविधायूक्त हलको आवश्यकता रहेको औंल्याइन् । देशैभर मल्टीप्लेक्स विस्तार गर्न सकेको खण्डमा फिल्म हेर्ने दर्शक पनि बढ्ने उनको भनाई छ । 
Most Visited News (monthly)