Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छिछोरे’ को कमाई १२ दिनमा सय करोड

एजेन्सी, मुम्बई, 2019/09/18
 
अहिले भारतीय बक्सअफिसमा दुई फिल्मले सानदार व्यापार गरिरहेका छन् । अभिनेता आयुष्मान खुरानाको फिल्म ‘ड्रीम गर्ल’ ले प्रदर्शनको पाँच दिनमा ५९ करोड ४० लाखको व्यापार गरिसकेको अवस्थामा दोस्रो हप्तामा प्रदर्शनरत अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘छिछोरे’ १२ दिनमा सय करोड क्लबमा सामेल भएको छ । 
 
ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटरमा ‘छिछोरे’ को १२ दिने कमाई सार्वजनिक गरेका छन् । उनका अनुसार, बुधबारसम्म भारतीय बक्सअफिसमा फिल्मले १ सय २ करोड १९ लाखको व्यापार गर्न सफल भएको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्मले २ अक्टोबरसम्म बक्सअफिसमा आफ्नो दबदबा कायम गर्ने उनको दाबी छ । 
 
‘दंगल’ निर्देशक नितेश तिवारीले यो फिल्मको निर्देशन गरेका हुन् । यसमा सुशान्त र श्रद्धाका अलावा वरुण ग्रोवर, प्रतीक बब्बर, ताहिर राज भसीन, नवीन पोलीशेट्टी, नलनीश नीललगायतका कलाकारहरुको अभिनय छ । यो फिल्ममा कलेजका साथीहरुको कथा देखाइएको छ । जसमा प्रेम, रिस, ह्यूमर, दुःख र मोजमस्ती सबै छ ।
 
‘छिछोरे’ लाई बक्सअफिसमा सुपरहिट मानिएको छ । यो फिल्मबाट साजिद  नाडियाडवाला र फक्स स्टार स्टूडियोजले पुनः एकपटक सहकार्य गरेको हो । ‘ड्रीम गर्ल’ र ‘छिछोरे’ को कमाई भन्छ कि कन्टेन्ट नै सबैथोक हो । कम प्रमोसनका बावजूद पनि कसरी मीडियम बजटको फिल्मले राम्रो विजनेश गर्न सक्छ भन्ने यी दुई फिल्म गतिलो उदाहरण हुन् । 
Most Visited News (monthly)