.jpg)
सुपरस्टार अक्षय कुमारले आफ्नो मेहनतको दमले बलिउड इन्डस्ट्रीमा एक खास स्थान हासिल गरेका छन् । उनले आफ्नो फिल्मी करिअरमा रोमान्टिक, एक्सन, कमेडी, देशभक्ति सबै प्रकारका फिल्म गरेका छन् । उनी आफ्नो फिल्मको चरित्रलाई हुबहुँ निभाउँदैनन् मात्र त्यसलाई जिउँछन् पनि । यही कारण आज उनको नाम बलिउडको टप एक्टर्सको लिस्टमा सामेल छ ।
तर, कमै व्यक्ति जान्दछन् कि करिअरको सुरुवातमा अक्षयले अभिनेताको रुपमा इन्डस्ट्रीमा आफ्नो पहिचान बनाउन निकै मेहनत गर्नुपरेको थियो । एक नयाँ अन्तर्वार्तामा अक्षयले आफ्नो करिअरको मुश्किल दिनको बारेमा खुलेर बताएका छन् । ‘एक समय यस्तो थियो जब मेरो १४ फिल्म लगातार फ्लप भएको थियो । त्योबेला करिअर सकियो भन्ने लागेको थियो’, उनी सम्झन्छन् ।
उनी अगाडि भन्छन्, ‘म त्यसबेला हारेको महशुस गर्थेँ । करिअर सकिएको लाग्थ्यो । तर, त्यसबेला मैले सिकेको मार्सल आर्टको ट्रेनिङ काम आयो । यसले हामीलाई डिसिप्लिनमा राख्न सिकाउँछ ।’ उनी १४ फिल्मको असफलताबाट आफूले धेरै सिक्न पाएको बताउँछन् । केही वर्षयता उनले एकसेएक हिट फिल्म दिइरहेका छन् । अहिले उनलाई ‘बक्सअफिसको हिट मेशिन’ भनिन्छ ।
हाल अक्टोबर २५ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘हाउसफुल ४’ को प्रचारमा व्यस्त अक्षयले यो फिल्मको मजाक उडाउँदै भनेका छन्, ‘जब मलाई ब्रेक चाहिन्छ तब म एक ‘हाउसफुस’ फिल्म गर्छु । यो एक फन फिल्म हो । मैले सेटमा निकै मस्ती गरेँ ।’ साजिद नाडियाडवाला निर्मित तथा फरहाद साम्जीले निर्देशन गरेको यो फिल्मलाई प्रदर्शन अगावै 'स्योर सट हिट' मानिएको छ ।
..........................................................................................................................
विज्ञापन ::

