Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

‘प्रेमगीत २’ निर्देशकको कमेडी फिल्ममा प्रदीप

फिल्मीखबर, काठमाण्डौ, 2019/10/01
एक दशक अगाडिसम्म नेपालमा फेमिली ड्रामा र एक्सन फिल्म खुबै बन्थे । दुई-चारवटा रोनाधोना र एक्सनको दृश्य राखेपछि फिल्मले गजबकै व्यापार गर्थे । तर, केही वर्षयता पारिवारिक फिल्म बन्न छाडेका छन् । भाट्टफुट्ट एक्सन फिल्म बन्छन् तर चलेका छैनन् । अहिले नेपाली फिल्ममा कमेडी र लभस्टोरी फिल्मको हालीमुहाली छ । अझ बढि कमेडी फिल्मको । ‘छक्का पञ्जा’ पछि दर्शकले यो जनरा निकै रुचाएका छन् । 
 
लभर ब्वाईको रुपमा निकै रुचाइएका अभिनेता प्रदीप खड्काले पनि अब कमेडी फिल्ममा काम गर्ने भएका छन् । अर्को वर्ष उनले फिल्म ‘प्रेमगीत २’ का निर्देशक रामशरण पाठकको निर्देशनमा बन्न लागेको कमेडी फिल्ममा काम गर्दैछन् । फिल्मको नाम अहिलेसम्म तय नभए पनि निर्देशक पाठक लामो समयदेखि स्क्रिप्टमा काम गरिरहेका छन् । फिल्म पूर्णतया कमेडी विषयवस्तुमा बन्ने जानकारी प्राप्त छ । 
 
 
गोप्य स्रोतले दिएको जानकारी अनुसार, फिल्मको निर्माण ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले गर्नेछन् । दशैंपछि छायांकन सुरु हुने फिल्म ‘प्रेमगीत ३’ को तयारीमा व्यस्त रहेका कारण उनले नयाँ प्रोजेक्टको बारेमा बोल्न चाहेका छैनन् । यो फिल्म प्रदर्शनमा आएपछि उनले कमेडी फिल्मको निर्माण सुरु गर्ने बताइएको छ । निर्माता सेन र अभिनेता प्रदीपबीच कमेडी फिल्मका लागि मौखिक सहमति भइसकेको छ । 
 
तर, प्रदीपले ‘प्रेमगीत ३’ पछि लभस्टोरी फिल्म बनाउन सिपालु मानिने निर्देशक हेमराज विसीको फिल्म गर्दैछन् । सम्भवतः माघ वा फागुनबाट फिल्मको छायांकन सुरु हुनेछ । ‘शुभ विवाह’ वर्किङ टाइटल राखिएको फिल्ममा प्रदीपको अपोजिटमा अभिनेत्री साम्राज्ञी आरएल राणा देखिँदैछन् । दुईलाई पहिलो पटक स्क्रिनमा हेर्न दर्शक निकै आतुर छन् । उनीहरु पनि यो फिल्मलाई लिएर निकै उत्साहित छन् । 
 
चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’ का लागि अहिले प्रदीपले कडा मेहनत गरिरहेका छन् । लिखुरे हिरोको रुपमा चिनिएका उनले यो फिल्मका लागि आकर्षक शरीर बनाएका छन् । भने, घोडा सवारी र एक्सनको पनि ट्रेनिङ लिएका छन् । एकैखाले भूमिकामा अल्झिएको आरोप खेपिरहेका उनी अब कमेडी फिल्म गरेर आफूलाई भर्सटायल अभिनेता साबित गर्ने धाउन्नमा देखिएका छन् ।
 
..........................................................................................................................
 
विज्ञापन ::

 

Most Visited News (monthly)