Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

‘साङ्लो’ ले फिर्ता गर्ला विराजको स्टारडम ?

फिल्मीखबर, काठमाण्डौ, 2019/10/02
कुनै जमाना नेपाली फिल्ममा बलियो साम्राज्य स्थापित गरेका अभिनेता हुन्, विराज भट्ट । अभिनेता निखिल उप्रेतीको एकछत्र राज चलेको बखत उनको उदय भएको थियो । उनको प्रवेश निखिललाई निकै भारी परेको थियो । एक्सन विधाकै फिल्म गर्ने भएका कारण दुईलाई एक समय एकअर्काका कडा प्रतिस्पर्धी पनि भन्ने गरिन्थ्यो । एकसेएक हिट फिल्म दिएर आफूलाई नेपाली फिल्मको ‘ठूलो स्टार’ साबित गरेका विराजको दशक अगाडि उग्र क्रेज थियो । 
 
उनको टाउको पोस्टरमा राखेको भरमा फिल्मले ब्लकबस्टर व्यापार गर्थे, चाहे फिल्म कमजोर नै किन नहोस् ! उनको एक्सन हेर्नकै लागि दर्शक हलमा ओहिरिन्थे । यो देखेर निर्माताहरु उनलाई फिल्ममा लिनका लागि महिनौ कुर्थे । विराजले पनि भ्याएसम्म कुनै फिल्म हातबाट उम्काएनन् । तर, विस्तारै नेपाली फिल्मको सिनारियो परिवर्तन हुँदै गयो । मेकिङ र कथा भन्ने शैली फेरियो । डाङडाङ र डुङडुङ फिल्मप्रति दर्शकको रुची घट्दै गयो । 
 
 
फिल्म असफलताको शिलशिला बढ्न थालेपछि विराज लुसुक्क भोजपुरी फिल्मतिर सोझिए । करीब ५ वर्ष उनले त्यहाँ पनि राज गरे । तर, करिअरको ग्राफ सधैं कहाँ एकनास हुन्छ र ! भोजपुरी फिल्ममा पनि ‘डाउनफल’ सुरु भएपछि उनी पुनः नेपाल फर्किए र रोज राणा निर्देशित फिल्म ‘जय परशुराम’ बाट नेपाली फिल्ममा कमब्याक गरे । तर, यो फिल्मले बक्सअफिसमा नाफाको व्यापार नगर्दा उनको कमब्याक सुखद हुन सकेन । 
 
नेपाली फिल्ममा हुँदाखाँदाको करिअर छाडेर पैसाको मोहले भोजपुरी फिल्ममा लागेपछि उनको स्टारडम ध्वस्त भएको कतिपयको विश्लेषण छ । तर, उनले हार खाएका छैनन् । पुरानो स्टारडम फर्काउन उनी फेरि ३ वर्षपछि पर्दामा देखिँदैछन्, फिल्म ‘साङ्लो’ मार्फत् । फागुन ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मको विराज स्वयंले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकिय फिल्म हो । फिल्ममा उनकै अभिनय छ । 
 
गएको शनिबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक भयो । जसमा उनी मात्र फिचर्ड छन् । तर, पोस्टर पुरानो शैलीले निर्माण गरिएको छ । फिल्म हेर्नका लागि दर्शकलाई हलसम्म तान्न सक्ने ल्याकत पोस्टरमा देखिन्न । यद्यपि, उनको एक्सन हेर्न नपाएर भोकाएका दर्शकको संख्या अझै पनि ठूलो छ । यसकारण फिल्मले सिंगल थिएटरमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । यो फिल्म चले नेपाली फिल्ममा फेरि विराजको रजगज चल्ने पक्का छ ।
 
..........................................................................................................................
 
विज्ञापन ::

 

Most Visited News (monthly)