Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

भोजपुरी फिल्ममा जम्दै ‘कृ’ का द्वन्द्व निर्देशक चन्द्र

फिल्मीखबर, काठमाण्डौ, 2019/10/04
द्वन्द्व निर्देशक चन्द्र पन्त नेपाली फिल्म क्षेत्रका लागि अपरिचित नाम होइन । उनले थुप्रै नेपाली फिल्ममा द्वन्द्व निर्देशकको रुपमा काम गरिसकेका छन् । गएको २ वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘कृ’ बाट द्वन्द्व निर्देशकको विधामा केही अवार्ड समेत उचालेका उनी अहिले भोजपुरी फिल्ममा आफूलाई निर्देशकको रुपमा स्थापित गर्न लागिपरेका छन् ।
 
 
गएको वर्ष उनको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘निरहुवा चलल लण्डन’ प्रदर्शनमा आएको थियो । जसमा भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव ‘निरहुवा’ को प्रमुख भूमिका थियो । यो फिल्मको सफलतापछि अहिले उनको भोजपुरी फिल्ममा माग बढेको छ । यसबीच, उनको निर्देशन रहने दुई भोजपुरी फिल्मको हालै औपचारिक निर्माण घोषणा गरिएको छ ।
 
‘रण’ र ‘माही’ नामक दुई फिल्ममा भोजपुरी सुपरस्टार आनन्द ओझा र काजल राघवानीको जोडी बाँधिएको छ । निकै ठूलो बजेटमा निर्माण हुने बताइएको दुई फिल्मध्ये ‘रण’ को भारत र नेपालमा छायांकन हुनेछ । ‘माही’ को भने इटली र लण्डनमा हुने निर्देशक पन्तले बताएका छन् । निर्देशक पन्तकै कथा रहेको दुबै फिल्म लभस्टोरी-एक्सन जनरामा निर्माण हुने बताइएको छ ।
 
अरूण कुमार मिश्रा र रितेश वन्दनाले निर्माण गर्ने फिल्मको सह-निर्मातामा ज्‍योति दिनेश पाण्डे, किरण गुप्‍ता, अम्बे बालाजी लग्स्टिक र डी. एस. तिवारी छन् । दुबै फिल्ममा धनन्जय मिश्राले संगीत भर्नेछन् । निर्देशक पन्तले फिल्मको घोषणा सभामा ‘रण’ र ‘माही’ लाई उत्कृष्ट बनाउने दाबी गरेका छन् । उनका अनुसार, दुबै फिल्मको पटकथा एकदमै बलियो छ ।
 
 
नेपाली फिल्ममा द्वन्द्व निर्देशकको रुपमा आफूलाई अब्बल प्रमाणित गरेका उनी अब भोजपुरी फिल्ममा कुशल निर्देशकको रुपमा आफूलाई स्थापित गर्ने सोचमा देखिएका छन् । तर, उनले अहिलेसम्म नेपाली फिल्मको क्याप्टेनसिप भने सम्हालेका छैनन् । फिल्म ‘रावण’ बाट करिअर सुरु गरेका चन्द्र द्वन्द्व प्रशिक्षणका लागि नेपालबाट अमेरिका जाने पहिलो द्वन्द्व निर्देशक समेत हुन् ।
 
..........................................................................................................................
 
विज्ञापन ::
Most Visited News (monthly)