Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘इनास अवार्ड’ मा विपिन र सलिनमानबीच प्रतिस्पर्धा

फिल्मीखबर, काठमाण्डौ, 2019/10/04
यही असोज २७ गते अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले काठमाडौंको कमलादीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गर्न लागेको छैठौं ‘इनास फिल्म अवार्ड’ को उत्कृष्ट तीनको मनोनयन सूची सार्वजनिक भएको छ । ११ विधामा प्रदान गरिन लागिएको अवार्डमा उत्कृष्ट फिल्मको विधामा ‘बुलबुल’, ‘प्रसाद’ र ‘गोपी’ बीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यी तीनै फिल्म निर्देशन र लेखन विधामा पनि समान प्रतिस्पर्धी हुन् ।
 
 
निर्देशकका लागि ‘बुलबुल’ बाट विनोद पौडेल, ‘प्रसाद’ बाट दिनेश राउत र ‘गोपी’ बाट दीपेन्द्र लामाबीच प्रतिस्पर्धा हुँदैछ । भने, अभिनेताको विधामा ‘गोपी’ र ‘प्रसाद’ गरि दुई फिल्मबाट विपिन कार्की र फिल्म ‘यात्रा’ बाट सलिनमान बनियाँ भिड्दैछन् । अभिनेत्रीको विधामा ‘रोमियो एण्ड मुना’ बाट सृष्टि श्रेष्ठ, ‘साइँली’ बाट मेनुका प्रधान र ‘बुलबुल’ बाट स्वस्तिमा खड्काबीच प्रतिस्पर्धा हुने भएको छ । 
 
इनासले यसपटक बरिष्ठ संगीतकार रञ्‍जित गजमेरलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ । नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष- २०२०’ लाई पनि सहयोग पुर्‍याउने उद्येश्यले अवार्ड आयोजना गर्न लागिएको इनासका चलचित्र प्रवर्द्धन समिति संयोजक मनिष कुमार श्रेष्ठले बताए । अवार्डमा सयौँको संख्यामा एनआरएनहरुको उपस्थिति रहने बताइएको छ । 
 
छैठौं इनास अवार्ड २०७६ को उत्कृष्ट ३ मा परेका फिल्महरु यसप्रकार छन् :-
 
१. उत्कृष्ट चलचित्र
 
बुलबुल
प्रसाद 
गोपी
 
२. उत्कृष्ट निर्देशक
 
विनोद पौडेल – बुलबुल
दिनेश राउत – प्रसाद
दिपेन्द्र लामा – गोपी
 
३. उत्कृष्ट अभिनेता
 
विपिन कार्की – प्रसाद
विपिन कार्की – गोपी
सलिनमान बनियाँ – यात्रा
 
४. उत्कृष्ट अभिनेत्री
 
सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना
मेनका प्रधान – साहिली
स्वस्तीमा खड्का – बुलबुल
 
५. उत्कृष्ट लेखन
 
सुशील  पौडेल – प्रसाद
दिपेन्द्र लामा – गोपी
विनोद पौडेल – बुलबुल
 
६. उत्कृष्ट सम्पादन
 
निमेष श्रेष्ठ – साहिली
बनिष शाह/भुपेन्द्र अधिकारी – छक्का पञ्जा ३
अनिमेष सापकोटा – बुलबुल
 
७. उत्कृष्ट छायांकन
 
पुरुषोत्तम प्रधान – छक्का पञ्जा ३
संजय लामा – यात्रा
शैलेन्द्र डी. कार्की – इन्टु मिन्टु लण्डनमा
 
८. संगीत  
 
दिपक शर्मा – छक्का पञ्जा ३ – फनफनी घुमेर
सुवास भुषाल – प्रसाद – लैलै बरै
हर्कुलस बस्नेत – इन्टु मिन्टु लण्डनमा – चाहाना मनको
 
९. गायन (पुरुष)
 
केतन क्षेत्री –प्रसाद – लैलै
हकुलश बस्नेत – इन्टु मिन्टु लण्डनमा – उडायो हावाले
प्रताप दाश – रोज – फुल होइन काँडा
 
१०. गायन (महिला)
 
प्रविशा अधिकारी – रोज – फूल होइन काँडा
निकिता थापा – इन्टु मिन्टु लण्डनमा – उडायो हावाले
मेलिना राई – सुश्री सम्पत्ति – हुकुम बक्सियोस्
 
११. नृत्य निर्देशन
 
कविराज गहतराज – भैरे – सान्नानीलाई भेट्न
कविराज गहतराज – छक्का पञ्जा ३ – औंठी बैना
गम्भीर विष्ट – सुश्री सम्पत्ति – रुकुम बक्सियोस्
 
..........................................................................................................................
 
विज्ञापन ::

 

Most Visited News (monthly)