Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

आँचल भन्छिन्, ‘बिहे यो वर्ष नकट्ला’

फिल्मीखबर, काठमाण्डौ, 2019/11/12
मंसिर आउन अब एक हप्ता मात्र बाँकी छ । मंसिर महिनालाई विवाहको खास महिना मानिन्छ । अविवाहित केही नेपाली सेलिब्रेटीहरु यस वर्षको मंसिरमा घरजम बसाउने तयारीमा छन् । सबै सोचेअनुसार भए अभिनेत्री आँचल शर्मा पनि यो मंसिर कटाउने सुरमा छैनन् । गएको एक वर्षदेखि डा. उदिप श्रेष्ठको प्रेममा छिन्, उनी । केही दिन अगाडि मात्र दुईको पहिलो पटक भेट भएको एक वर्ष पुगेको थियो । 
 
एक वर्षसम्म जसोतसो प्रेम सम्बन्ध लुकाएर राखेकी अभिनेत्री आँचल आजभोली भने खुल्न थालेकी छन् । उनले डाक्टर प्रेमीको तारिफ गरेर नथाकेका अन्तर्वार्ताहरु अहिले युट्युबमा छ्यापछ्याप्ती भेटिन्छन् । जहाँ उनले प्रेमीसँगको पहिलो भेटदेखि प्रेमीको आनीबानीसम्म सबै खुलाएकी छन् । साथै, उनले विवाहबारे पनि जानकारी दिएकी छन् । उनका अनुसार, यसै वर्ष विवाहको तयारी भइरहेको छ । 
 
 
उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘अहिले नै विवाहको मिति तय भैसकेको छैन । तर, यो वर्ष कट्ने सम्भावना कम छ ।’ गोप्य स्रोतले दिएको जानकारी अनुसार, डा. उदिप आउँदो मंसिर अन्तिमसम्म आँचललाई आफ्नो घर भित्राउने तयारीमा छन् । अहिले आँचल कुनै फिल्ममा व्यस्त नभएका कारण पनि बिहेका लागि मंसिर महिना रोजिएको स्रोत बताउँछ । तर, अहिलेसम्म विवाहको मिति टुंगो लागेको छैन । 
 
फेसबुकको माध्यमबाट प्रेमी उदिपसँग जोडिएकी आँचलको नाम यसअघि अभिनेता पल शाहसँग जोडिएको थियो । ‘नाईं नभन्नू ल ४’ बाट एकसाथ फिल्ममा डेब्यू गरेका दुईले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ मा पनि काम गरेका थिए । उनीहरुले साथमा सय बढी भिडियोमा अभिनय गरेका छन् । यसकारण पनि पलसँग आँचलको नाम जोडिएको थियो । तर, कहिल्यै दुईले प्रेम सम्बन्ध स्वीकार गरेनन् । 
 
आँचलले उदिपसँगको प्रेम सम्बन्ध सार्वजनिक गरेपछि उनलाई पलका फ्यानले सामाजिक सञ्जालमा गाली गलोज गरेका थिए । पललाई धोका दिएको भन्दै उनका फ्यान आँचलमाथि खनिएका थिए । तर, पलले फेसबुकमार्फत् आँचल आफ्नो साथी मात्र रहेको र गाली गलोज नगर्न आफ्ना फ्यानलाई आग्रह गरे । आँचलले पललाई आफ्नो विवाहको निमन्त्रणा कार्ड पठाउने बाचा गरेकी छन् ।
Most Visited News (monthly)