Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(42 votes, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिकामा रुचाइयो भुवनको ‘मिस्टर नेपाली’

फिल्मीखबर, काठमाण्डौ, 2019/11/12
यही शुक्रबारबाट नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर नेपाली’ को अमेरिकामा प्रिमियर गरिएको छ । अमेरिकाको टेक्सासमा आइतबार आयोजना भएको फिल्मको प्रिमियरमा सयौंको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । फिल्म हेर्ने अधिकांशले कथावस्तु र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् । 
 
 
प्रायःले विदेशमा बसेका नेपालीले हेर्नैपर्ने फिल्म बनेको प्रतिक्रिया दिएका छन् । भने, कतिपयले विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई यो फिल्म देखाउन सुझाएका छन् । फिल्मले दर्शकलाई हँसाउन पनि सफल भएकोमा निर्देशक देव भुषालले खुसी व्यक्त गरे । फिल्म हेर्ने दर्शक सन्तुष्ट देखिएको उनले बताए ।
 
राष्ट्रियताको कथा उठान गरेकाले विदेशमा बस्ने नेपालीका लागि यो फिल्म अझ सान्दर्भिक लाग्ने अमेरिकाबासी नेपालीको भनाई छ । मंगलबार अमेरिकाको १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा पनि फिल्मको प्रिमियर हुँदैछ । प्रेमराज दाहाल निर्मित फिल्ममा भुवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउतको प्रमुख भूमिका छ । 
 
 
साहिल र कुसुमले यही फिल्मबाट डेब्यू गर्दैछन् । निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको ‘मिस्टर नेपाली’ विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा आधारित छ । यो फिल्ममा अभिनेता भुवन केसीले पहिलो पटक दोहोरो भूमिका निभाएका छन् । 
Most Visited News (monthly)