Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

विपिनको नयाँ लुक्स

फिल्मीखबर, काठमाण्डौ, 2019/11/19
विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘सेल्फी किङ’ को प्रदर्शन मिति घोषणा गर्दै फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आउँदो माघ २४ गतेलाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरिएको पोस्टरमा फिल्मका अभिनेता विपिन कार्की भिन्न लुक्समा देखिएका छन् । आँखामा गाजल र ओठमा रातो रंगको लिपिस्टिक लगाएका उनको कपाल निकै लामो देख्न सकिन्छ । 
 
उनको हुलियाबाट फिल्ममा विपिन हास्यकलाकारको भूमिकामा रहेको अनुमान गर्न गाह्रो पर्दैन । गम्भीर मुद्रामा देखिएका उनी कुनै स्टेज कार्यक्रम वा टेलिभिजन शोमा प्रस्तुती दिँदै गरेको भान हुन्छ । फिल्ममा विपिनले गोपाल दाहाल अर्थात् हाँस्यकलाकारको भूमिका निर्वाहा गरेका छन् । एक चर्चित टेलिभिजन हाँस्यकलाकारको सफलता र व्यक्तिगत जीवनको कथा वाचन फिल्मले वाचन गर्छ । 
 
 
ड्रामेडी जनरामा निर्माण भएको ‘सेल्फी किङ’ मा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराईलगायतका कलाकारको अभिनय छ । भने, अभिनेत्री केकी अधिकारीले एक गीतमा ठुम्का लगाएकी छन् । फिल्ममा विपिन र लक्ष्मी श्रीमान्-श्रीमतीको भूमिकामा छन् । अभिनेत्री भुवनले विपिनको आमाको भूमिका निभाएकी छन् । 
 
गत वर्षको व्यवसायिक र समीक्षात्मक रुपमा सफल फिल्म ‘प्रसाद’ का निर्देशक दिनेश राउतले यही फिल्मका निर्माता सुवास थापासँग मिलेर ‘सेल्फी किङ’ निर्माण गरेका हुन् । फिल्ममा विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ । फिल्मका सह-निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।
 
सोमबार छोरीको पिता भएका विपिन हरेक फिल्ममा फरक भूमिकामा देखिँदै आएका छन् । ‘पशुपति प्रसाद’ मा ‘भस्मे डन’ को भूमिका निर्वाहा गरेपछि एकाएक चर्चामा आएका उनले फिल्म ‘हरी’ मा एकसाथ चार चरित्र निभाएर वाहवाही बटुलेका थिए । उनको पछिल्लो रिलिज फिल्म ‘जात्रै जात्रा’ हो । ‘सेल्फी किङ’ को पोस्टरमा देखिएको उनको भिन्न लुक्सले फिल्मलाई दर्शकमाझ प्रतिक्षीत बनाएको छ । 
Most Visited News (monthly)