Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अक्षय-करीनाको हँसाउने ‘गुड न्यूज’ ट्रेलर

एजेन्सी, मुम्बई, 2019/11/18
अक्षय कुमार, करीना कपूर, दिलजीत दोसान्झ र कियारा आडवाणी स्टारर फिल्म ‘गुड न्यूज’ को अफिसियल ट्रेल लञ्च भएको छ । आइभिएफ टेक्नोलजीमा आधारित यो फिल्म २७ डिसेम्बरमा रिलिज हुँदैछ । सुपरहिट फिल्म ‘केसरी’ बाट २०१९ को धमाकेदार सुरुवात गरेका अक्षय कुमार वर्षको अन्तिममा दर्शकलाई सानदार ट्रीट दिने तयारीमा छन् । फिल्मको ट्रेलर गजब बनेको छ । 
 
 
‘गुड न्यूज’ को कहानी दुई कपल (बत्रा भर्सेस बत्रा) को हो । दुबैले बच्चाका लागि विट्रो फर्टिलाइजेशन आइभिएफ टेक्नोलजीको सहारा लिन्छन् । दिलजीत-कियारा, अक्षय-करीनाको गुडन्यूजको बीच निकै ठूलो कन्फ्यूजन हुन्छन् । अस्पतालमा दुबै कपल्सको सरनेम बत्रा भएका कारण स्पर्म मिक्स अप हुन्छ । करीनामा दिलजीतको र कियारामा अक्षयको स्पर्म ट्रान्सफर हुन्छ । 
 
स्पर्म मिक्स अप भएपछि हुने बबालमा फिल्म केन्द्रित छ । यूनिक सब्जेक्टमाथि आधारित भएर बनेको फिल्मको ट्रेलर कमिक एलिमेन्टबाट भरिपूर्ण छ । दिलजीत दोसान्झको पञ्च दमदार छ । उनको उपस्थिति मात्र पनि हँसाउनका लागि काफी छ । प्रेग्नेन्सीको कन्फ्यूजनबाट भरिएको फिल्ममा करीना-अक्षयको केमेस्ट्री सानदार छ । वर्षौपछि दुईले फिल्ममा काम गरेका हुन् । 
 
ट्रेलर हेरेपछि दर्शकले फिल्मलाई ब्लकबस्टर भनेका छन् । कमेडी ड्रामा ‘गुड न्यूज’ मा दिलजीत दोसान्झ र कियारा आडवाणीले महत्त्वपूर्ण भूमिका निभाएका छन् । पहिलो पटक अक्षय कुमार र दिलजीत दोसान्झले स्क्रिन साझेदारी गरेका हुन् । करीना र दिलजीतले भने यसअघि फिल्म ‘उडता पञ्जाब’ मा काम गरेका थिए । ‘गुड न्यूज’ यो वर्ष रिलिज हुने अक्षयको चौथो फिल्म हो । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)