
अभिनयमा पारंगत मानिने अभिनेत्री कंगना रनौतको नयाँ फिल्म ‘थलाइवी’ को फर्स्टलुक हालै सार्वजनिक भयो । जसमा उनलाई चिन्न निकै गाह्रो पर्छ । मेकअपका कारण उनी हुबहु भारतको तमिलनाडु राज्यकी पूर्व मुख्यमन्त्री दिवंगत जयललिता जस्तै देखिएकी छन् । फिल्ममा कंगनाको यो लुक्सलाई लिएर प्रशंसकको तर्फबाट अलग अलग रियाक्सन आएको छ ।
‘थलाइवी’ मा उनको लुक्स अहिले सामाजिक सञ्जालमा निकै ट्रोल भैरहेको छ । यसबारेमा कंगना रनौतकी दिदी रंगोली चन्देलले ट्रोलर्सलाई कडा जबाफ दिएकी छन् । जबदेखि शनिबार फिल्मको फर्स्टलुक पोस्टर अनलाइनमा रिलिज भयो, तबदेखि कंगनाको लुक्सलाई लिएर विभिन्न खालको मिम्स बनेका छन् । मानिसहरुले उनको यो लुक्सलाई ट्रोल बनाएका छन् ।
यसको जबाफमा रंगोलीले ट्वीट गर्दै भनेकी छन्, ‘यदी कसैैसँग आँखा छ भने उनीहरु प्रोस्थेटिकको सानदार काम देख्न सक्छन् । बाँकी समोसा ग्यांग यहाँ छ, जो दिनलाई रात र रातलाई दिन भन्छन् । त्यो महत्त्वहीन छ ।’ कंगनाको लुक्सलाई लिएर बलिउड सेलिब्रेटीको पनि रियाक्सन आइरहेको छ । अनुपम खेर, अनिल कपरू, एकता कपूर र नील नितिन मुकेश यसमा सामेल छन् ।
कंगनाको यो लुक्सको तुलना सोसल मिडियामा यूजर्सले कहिले ‘बधाई हो बधाई’ का अनिल कपूर त कहिले स्मृति ईरानीसँग गरेका छन् । ‘थलाइवी’ मा अरविन्द स्वामीको पनि मुख्य भूमिका छ । विजय द्वारा निर्देशित यो फिल्म अर्को वर्षको २६ जूनमा रिलिज हुँदैछ । तीन भाषामामा बनेको यस फिल्मको निर्माण विष्णु इन्दुरी र शैलेस आर सिंहले गरेका हुन् ।

