
सहायक भूमिकामा खोजिने कलाकारमा पर्दछन्, शिशिर भण्डारी । अभिनयको हिसाबले उनले दुई दर्जनभन्दा बढि फिल्ममा आफ्नो अभिनय कुशलता देखाइसकेका छन् । फिल्ममा विशेषगरि कमेडी भूमिकामा देखिने उनी अहिले युट्युबमार्फत् सामाजिक कार्यमा सक्रिय छन् । त्यसैले केही समययता उनी फिल्ममा खासै देखिएका छैनन् । तर, फिल्मलाई मायै मारेका भने छैनन् ।

‘ट्रक ड्राइभर’, ‘अल्लारे’, ‘गरिब’, ‘नीरमाया’ लगायतका एकसेएक फिल्म दर्शकमाझ पस्किएका निर्देशक अशोक शर्माले गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ बाट १२ वर्षपछि फिल्म निर्देशनमा कमब्याक गरे । फिल्म वितरण कम्पनी ‘डिसीएन’ लाई स्थापित गर्न लामो समय फिल्म निर्माण र निर्देशनमा टाढा रहेका उनी अब प्रत्येक वर्ष फिल्म बनाउने सोचमा छन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले घरेलु बक्सअफिसमा उछाल ल्याएको छ । प्रदर्शनको दुई दिनमा ३ करोड २५ लाख कमाउँदै ‘सिंगल डे’ कलेक्सनमा रेकर्ड कायम गरेको फिल्मले आइतबार बिना विदामा पनि जबरजस्त व्यापार गरेको छ । आइतबार १ करोड ७ लाख कमाउँदै फिल्मले तीन दिनमा कुल ४ करोड ३२ लाख छापेको छ । वितरक कम्पनी स्टेशन फाइभले यसको जानकारी दिएको हो ।

केही समययता विदेशी भूमीमा नेपाली फिल्म अवार्ड आयोजना हुने क्रम निकै बढेको छ । यसक्रममा विदेशमा आयोजना हुने अवार्डको भीडमा फेरि एक अवार्ड थपिएको छ । क्यानडाको टोरन्टोमा आयोजना हुनेगरी ‘सिने स्टार अवार्ड २०२०’ घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजकले आगामी जनवरीको अन्तिम साता हुने अवार्डको घोषणा गर्यो ।


इमेज च्यानलले विगत दुई दशकदेखि प्रत्येक वर्ष निरन्तर रुपमा आयोजना गर्दै आएको ‘टुबोर्ग इमेज अवार्ड’ को २१औं संस्करणमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट ठहरिएका छन् । फिल्म ‘गोपी’ बाट विपिनले सर्वोत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा स्वस्तिमा ‘बुलबुल’ बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् । तर, अवार्ड कार्यक्रममा दुबै अनुपस्थित थिए ।

