
व्यावसायिक र समीक्षात्मक रुपमा सफल फिल्म हो ‘जात्रा’ । यसले जबरजस्ती लादिएका कमेडी र गीत बिना पनि फिल्म चल्छ भन्ने उदाहरण पेश गरेको थियो । यो फिल्मको सिक्वेल ‘जात्रै जात्रा’ यस वर्षको जेठमा प्रदर्शनमा आयो । नेपालमा निर्माण भएका हिट फिल्मका सिक्वेलले खासै साख जोगाएका छैनन् । ‘जात्रा’ कोे सिक्वेल भने अपवाद बन्यो । फिल्मले बोरामा राम्रो पैसा मात्र बटुलेन, दर्शक र समीक्षकको पनि मन जित्यो ।

तेलुगु फिल्म 'डियर कामरेड' ले अहिले बक्सअफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । एक हप्ता अगाडि प्रदर्शनमा आएको फिल्मले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ । फिल्मले ओपनिङ वीकेन्डमा वर्ल्डवाइड ३३ करोडको कलेक्सन गर्न सफल भएको छ । फिल्ममा साउथ स्टार विजय देवराकोन्डाको अपोजिटमा रश्मिका मन्डाना छिन् ।

नेपाली फिल्मका ‘ट्रेन्ड सेटर’ निखिल उप्रेती करीब ४ वर्षपछि पुनः फिल्म निर्देशनमा हात हाल्दैछन् । अभिनेत्री सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गरेपछि उनले ५ वर्षपछि फिल्म ‘भैरव’ मार्फत् नेपाली फिल्ममा कमब्याक गरेका थिए, जसमा उनको अभिनय, निर्देशन र निर्माण थियो । यो फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गर्दै उनको कमब्याक सफल तुल्याएको थियो । तर, ‘भैरव’ पछि उनका कुनै फिल्म सफल भएका छैनन् ।

राजु अधिकारी निर्देशित फिल्म ‘मेरो आफ्नो’ को सम्पूर्ण छायांकन सकिएको छ । बिहीबार पोखरामा एक गीत खिच्दै फिल्मको इन्डक्ल्याप गरिएको हो । फ्लोरमा निस्किएको ३५ दिनमा फिल्मको छायांकन पूरा भएको निर्देशक अधिकारीले बताए । फिल्म उत्कृष्ट बनेको दाबी उनको छ ।

केही समययता भारतीय भिडियाले नेपाली सेलिब्रेटीको बारेमा निकै चासो दिन थालेको छ । गएको तीन दिन अगाडि भारतको सबैभन्दा विश्वसिलो अनलाइन पोर्टल 'आज तक' ले अभिनेता राजेश हमाललाई भारतीय अभिनेता अमिताभ बच्चनसँग तुलना गरेर समाचार प्रकाशन गरेको थियो । उनको फिल्म र बैबाहिक जीवनबारे पनि चर्चा गरिएको थियो । यसले नेपाली सञ्चारमाध्यममा पनि राम्रै स्थान पायो ।


