Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘सँगसँगै’ मा सौगात-सृष्टि र मुकुन-आश्माको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2019/12/07
‘निर्भय’ फेम्ड निर्देशक मधुसुदन भट्टराईको निर्देशन निर्माण हुन लागेको फिल्म ‘सँगसँगै’ को शुक्रबार काठमाडौंको भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको छ । माघबाट छायांकन सुरु हुने फिल्मको मुहूर्त समारोहमा अभिनेता सौगात मल्ल, अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता मुकुन्द भुषाल, अभिनेत्री आश्मा गिरी, निर्देशक भट्टराई र लेखक लक्ष्मण सुवेदी उपस्थित थिए । 
 
 
साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने फिल्मको मुहूर्त सटको निर्देशन ऋषिराज आचार्यले गरेका थिए । भने, क्यामेरा स्वीच अन चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईले गर्दा निर्माता तथा वितरक करण श्रेष्ठले क्ल्याप ठोकेका थिए । त्यस्तै, चलचित्र पत्रकार संघका उपाध्यक्ष दिनेश सिटौलाले नरिवल फोडेर फिल्मको मुहूर्त गरिएको थियो । 
 
फिल्ममा सौगात, मुकुन, सृष्टि, आश्मासँगै विकास चापागाई, रश्मी भट्ट, सविता रेग्मी, आलम खान, विशाल पहाडी, सूर्य श्रेष्ठ, रामशरण दुलाललगायतका कलाकारले अभिनय गर्दैछन् । सुवानी फिल्मस्को ब्यानरमा तोरण क्षेत्री, विष्णु लामीछाने, रोशन केसी र बिष्णबहादुर क्षेत्री निर्माता रहेको फिल्मलाई शिब ढकालले खिच्नेछन् भने ताराप्रकाश लिम्बूको संगीत छ । 
 
निर्देशक भट्टराईले दुई साथीबीचको मित्रता तथा झण्डै दुई दशकअघिदेखि अहिलेसम्मको नेपाली समाजको एउटा कालखण्डको कथामा ‘सँगसँगै’ बुनिएको बताए । उनले भने, ‘यो सामाजिक तथा पारिवारिक विषयको फिल्म हो । जसमा नेपाली समाजको मौलिक जन-जीवनलाई समेटिएको छ ।’ उनले फिल्मको कथा वास्तिक घटनाक्रमहरुसँग नजिक रहेको उल्लेख गरे । 
 
 
अभिनेता सौगातले आफूलाई ‘सँगसँगै’ को स्क्रिप्ट राम्रो लागेर काम गर्न राजी भएको बताए । त्यस्तै, अर्का अभिनेता मुकुन आफू यो फिल्ममा निकै अहम् भूमिकामा रहेको र आमदर्शकको मन जित्ने विश्वास व्यक्त गरे । अभिनेत्री सृष्टिले यो फिल्मप्रति आफू निकै उत्साहित रहेको बताइन् । अर्की अभिनेत्री आश्मा ‘ड्रिमगर्ल’ पछि स्क्रिप्ट र टिम मन परेकाले ‘सँगसँगै’ मा जोडिएको बताउँछिन् ।
Most Visited News (monthly)