Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

बाल्यकालमा यस्ता देखिए ‘प्रेम’ र ‘गीत’

फिल्मीखबर, काठमाण्डौ, 2019/12/07
यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ छायांकनमा जानुभन्दा अगावैदेखि स्टारकास्टका कारण चर्चामा थियो । आउँदो चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा अभिनेता प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’ को भूमिकामा देखिँदैछन् । भने, उनको अपोजिट अर्थात् ‘गीत’ को भूमिकामा क्रिस्टिना गुरुङ छिन् । प्रदीप र क्रिस्टिनालाई पर्दामा हेर्न दर्शक निकै आतुर छन् । 
 
 
तीन करोडको लागतमा बन्ने फिल्मको इनडोर छायांकनका लागि निर्माण टिमले काठमाडौंको कीर्तिपूरमा भव्य सेट खडा गरेको थियो । त्यहाँ फिल्मको करीब आधा छायांकन गरिएको छ । हालै फिल्मको जम्बो टिम बाँकी छायांकनका लागि मनाङ पुगेको छ । यसबीच, निर्माण टिमले फिल्मका दुई बाल कलाकार अनुभव रेग्मी र योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।
 
फिल्ममा अनुभव अभिनेता प्रदीपको बाल्यकाल अर्थात् ‘प्रेम’ को भूमिकामा रहेका छन् । भने, योगीशालाई अभिनेत्री क्रिस्टिनाको बाल्यकाल अर्थात् ‘गीत’ को भूमिकामा देख्न पाइनेछ । एउटा पोस्टरमा अनुभव र योगीशाको प्रेम देखाइएको छ । भने, अर्को पोस्टरमा अनुभव मात्र फिचर्ड छन्, जसमा उनलाई सोचनीय मुद्रामा देख्न सकिन्छ । उनको गेटअप निकै भिन्न छ ।
 
 
यो फिल्ममा शिव श्रेष्ठ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मलाई राजेश श्रेष्ठले खिचिरहेका छन् । फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरिरहेका छन् । ‘प्रेमगीत ३’ डेढ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको छ । 
Most Visited News (monthly)