Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिथिला र सुरक्षाको रुवाउने ‘आमा’ ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/12/19
 
आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘आमा’ को ट्रेलर इन्टरनेट रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । ३ मिनेट ४८ सेकेण्ड लामो ट्रेलर इमोसनल छ । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त छिन् । 
 
 
अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई ट्रेलरमा देखाउन खोजिएको छ । ट्रेलरमा अभिनेत्री मिथिलाले बोलेको एक संवाद निकै मनछुने छ । त्यस्तै, अभिनेत्री सुरक्षाले पिताको दाहसंस्कार गर्न कपाल खौरिएको दृश्यले झन् मन चसक्क बनाउँछ । दर्शकलाई फिल्म हेर्न हलसम्म तान्न सक्ने ल्याकत ट्रेलरमा देखिन्छ । 
 
 
ट्रेलर हेर्दा फिल्मको मूल कथा पिताको वरिपरि घुमेको लाग्छ । तर, फिल्मको टाइटलझैं कथा पनि आमामै केन्द्रित रहेको निर्देशक दीपेन्द्र के. खनाल बताउँछन् । उनी यो फिल्मका लेखन तथा छायाँकार समेत हुन् । ‘पशुपति प्रसाद’ पछि राम्रो फिल्म हेर्ने दर्शकको पखाई ‘आमा’ ले पूरा गर्ने उनी दाबी गर्छन् । ‘4×3’ को फ्रेममा खिचिएको यो फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । 
 
 
सुरक्षा र मिथिलाका अलावा फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । फिल्मको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो । फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालको संगीत रहेको फिल्मको अधिकांश दृश्य पानीमा खिचिएको हो । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)