Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दबंग ३’ ले छाप्ला तीन सय करोड ?

एजेन्सी, मुम्बई, 2019/12/19
 
बलिउडमा एउटा कहावत छ, ‘फिल्म कि भगवान भरोसाले चल्छ कि सलमान भरोसाले ।’ यो भन्नुको कारण हो, आजसम्म बलिउडमा सलमानले जति हिट फिल्म अरु अभिनेताले दिन सकेका छैनन् । उनै, सलमान तेस्रो पटक चुलबुल पान्डे बनेर आउँदैछन् । उनको प्रमुख भूमिका रहेको फिल्म ‘दबंग ३’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मका निर्देशक प्रभु देवा हुन् । 
 
यो फिल्मबाट चुलबुल पान्डे आफ्ना फ्यानलाई क्रिसमस र न्यू ईयरको उपहार दिँदैछन् । फिल्मको एडभान्स बुकिङ खुल्ला भैसकेको छ । फिल्मले भारतमा अहिलेसम्मकै सर्वाधिक स्क्रिन पाएको छ । एक्सन, कमेडी र इन्टरटेन्मेन्टबाट भरपूर ‘दबंग ३’ को बक्सअफिस कलेक्सनमा सबैको आँखा अडिएको छ । फिल्मले पहिलो दिन ४५ करोडभन्दा बढी कमाउने अनुमान गरिएको छ ।
 
तीन सय करोडमा ह्याट्रिक मारिसकेका सलमान आफ्नो हरेक नयाँ फिल्मबाट पुरानो फिल्मको रेकर्ड ताड्ने गर्दछन् । उनको सबैभन्दा धेरै कमाउने फिल्म ‘टाइगर जिन्दा हे’ हो । जसको लाइफटाइम कलेक्सन ३३९ करोड थियो । यसपछि ‘बजरंगी भाईजान’ ले ३२० करोड र ‘सुल्तान’ ले ३ सय करोड कमाएको थियो । त्यस्तै, उनको दुई दर्जन फिल्म सय करोडमा सामेल छन् । 
 
फिल्मको हाइप हेर्दा ‘दबंग ३’ ले ३ सय करोडको आँकडा पार गर्नसक्ने देखिन्छ । फिल्मलाई क्रिसमस र न्यू ईयर होलिडेको फाइदा मिल्नेछ । अब हेर्न यो बाँकी छ कि सलमानको तीन सय करोड क्लबमा सामेल तीन फिल्मभन्दा ‘दबंग ३’ ले कसको कलेक्सनलाई उछिन्नेछ । ‘दबंग’ को पहिलो पार्टले १ सय ३९ करोड र दोस्रो पार्टले १ सय ५५ करोड छापेको थियो ।
Most Visited News (monthly)