Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकी र आँचललाई तस्विर खिच्न बनाइएको हो ‘झिँगेदाउ’ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/12/27
केही नेपाली फिल्ममेकर यस्ता छन्, जो फिल्म रिलिज अगाडिसम्म कलाकारको लुक्स र भूमिका बाहिर ल्याउँदैनन् । सुटिङ सेटबाटै यी सबै कुरा सार्वजनिक गर्दा रिलिजको बेलासम्म दर्शकमा फिल्मप्रति चासो नरहने उनीहरुको बुझाइ छ । जुन एक हदसम्म सही पनि हो । छायांकन सेटबाटै कलाकारको लुक्स र भूमिका सार्वजनिक गर्दा दर्शकको फिल्म हेर्ने जाँगर नै हराउँछ । 
 
कलाकारको लुक्सले फिल्मको हाइप बनाउन महत्वपूर्ण भूमिका खेल्छ । तर, आजभोली सामाजिक सञ्जालको बढ्दो प्रयोगले सुटिङ सेटबाटै फिल्मको सबै कुरा बाहिरिन्छ । कलाकारहरु स्वयं आफ्नो लुक्स देखाउन हतारिन्छन् । अहिले फ्लोरमा रहेका केही नेपाली फिल्मको तस्विरमार्फत सबै कुरा बाहिर आइसकेको छ । सम्भवतः हलमा दर्शकलाई हेर्न अब केही नयाँ छैन ।
 
हाल छायांकनरत फिल्म ‘झिँगेदाउ’ को पनि तस्विरमार्फत सबका सब बाहिरिसकेको छ । फिल्ममा कुन कलाकारको कस्तो भूमिका र कस्तो लुक्स छ भन्ने कुरा अभिनेत्री द्वय केकी अधिकारी र आँचल शर्माले एक-एक गरि सबै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेका छन् । अब, यो फिल्म हेर्दा न कुनै कलाकारको भूमिका न त लुक्स हेरेर नै दर्शक आश्चर्य हुनेछन् । 
 
 
फिल्ममा केकी र आँचल गाउँले भूमिकामा छन् । एउटै परिवारमा बिहे गरेर पुग्ने उनीहरु जेठानी र देवरानीको भूमिकामा छन् । यो कुरा उनीहरु स्वयंले खुलाएका हुन् । फिल्ममा उनीहरुको गेटअप पनि दुरुस्तै एउटै छ । तर, यी दुई अभिनेत्रीले सुटिङ सेटबाटै आ-आफ्नो लुक्स सार्वजनिक गरिदिँदा निर्माण टिमलाई अब प्रचार सामाग्रीमा के राख्ने भन्ने अन्योल सृजना भएको छ । 
 
आँचल र केकीले सामाजिक सञ्जालमा लाइक्स कमाउन छायांकन सेटबाटै भएभरका सबै कुरा तस्विर र भिडियो क्लिप्समार्फत सार्वजनिक गरिदिँदा दर्शकमा फिल्म हेर्ने जाँगर नै मरिसकेको छ । निर्माताले नाफा कमाउने लोभले फिल्ममा करोडौं लगानी गरेका छन् । तर, यी दुई अभिनेत्री भने क्षणिक चर्चाका लागि फिल्म छायांकनको तस्विर नै सार्वजनिक गरिरहेका छन् । 
 
हलिउड र बलिउडमा फिल्मको छायांकन स्थलमा प्रमुख कलाकारलाई समेत मोबाइल बोक्न प्रतिबन्ध लगाइन्छ । तर, नेपालमा जसले गरे पनि छुट छ । छायांकन सेटबाटै फेसबुकमा लाइभ गर्न समेत भ्याउँछन्, नेपाली निर्माता । अनि सबै कुरा सामाजिक सञ्जालमै हेर्न पाएपछि महँगो टिकट काटेर दर्शक किन हल जाने ? नेपाली फिल्म मेकरले अब सोच्नुपर्ने बेला आएको छ । 
Most Visited News (monthly)